पश्चिमी वायुको प्रभावले देशभर वर्षा : मौसम पूर्वानुमान महाशाखा

पश्चिमी वायुको प्रभावले देशभर वर्षा : मौसम पूर्वानुमान महाशाखा : Icon Khabar

काठमाडौं, चैत २० । पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको आंशिक प्रभावले अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु अलि कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले हाल पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले बताए ।

देशमा प्रि–मनसुन सक्रिय भएकाले अझै केही दिन दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको नगरकोटीले बताए । तराई क्षेत्रको मौसम भने यी दिन सफा रहने छ ।

सोमबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts