पश्चिमी वायुको प्रभावले देशभर वर्षा : मौसम पूर्वानुमान महाशाखा

पश्चिमी वायुको प्रभावले देशभर वर्षा : मौसम पूर्वानुमान महाशाखा : Icon Khabar

काठमाडौं, चैत २० । पश्चिमी वायुको सामान्य प्रभाव र स्थानीय वायुको आंशिक प्रभावले अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायु अलि कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले हाल पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् गंगा नगरकोटीले बताए ।

देशमा प्रि–मनसुन सक्रिय भएकाले अझै केही दिन दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको नगरकोटीले बताए । तराई क्षेत्रको मौसम भने यी दिन सफा रहने छ ।

सोमबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग