उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता : Icon Khabar

काठमाडौं, चैत २० । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । तनहुँ जिल्लाको प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दर्ता हुनेछ ।

त्यस्तै उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘उपनिर्वाचनका लागि खटिने सरकारी कर्मचारीको विवरण मागेका छौं, वैशाख १३ गतेसम्म परिचालन हुने छ,’ निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भने ।

निर्वाचन क्षेत्रमा ६९ मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्रका लागि कुल १२३,३०५ योग्य मतदाता छन्। प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँचजना कर्मचारी रहने उनले भने, मतदान केन्द्रको अनुगमन सुरु भइसकेको छ ।

निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । उपनिर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुने आचार्यले बताए । यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल संघीय नेपालको तेस्रो अध्यक्षमा निर्वाचित भएपछि उक्त सिट खाली रहेको छ ।

Published Date: 03 April 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग