उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता

उपनिर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता : Icon Khabar

काठमाडौं, चैत २० । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । तनहुँ जिल्लाको प्रमुख जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म दर्ता हुनेछ ।

त्यस्तै उपनिर्वाचनका लागि ७६० जना कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ‘उपनिर्वाचनका लागि खटिने सरकारी कर्मचारीको विवरण मागेका छौं, वैशाख १३ गतेसम्म परिचालन हुने छ,’ निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भने ।

निर्वाचन क्षेत्रमा ६९ मतदान केन्द्र रहेका छन् । निर्वाचन क्षेत्रका लागि कुल १२३,३०५ योग्य मतदाता छन्। प्रत्येक मतदान केन्द्रमा कम्तीमा पाँचजना कर्मचारी रहने उनले भने, मतदान केन्द्रको अनुगमन सुरु भइसकेको छ ।

निर्वाचन आयोगले प्रमुख निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यलाई नियुक्त गरेको छ । उपनिर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न हुने आचार्यले बताए । यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए । पौडेल संघीय नेपालको तेस्रो अध्यक्षमा निर्वाचित भएपछि उक्त सिट खाली रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts