मुम्बईमाथि बेंगलोरको सानदार जित

मुम्बईमाथि बेंगलोरको सानदार जित : Icon Khabar

काठमाडौं, चैत २० । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहे । फाफ डु प्लेसिस ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।

पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १४.५ ओभरमा १ सय ४८ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए । डु प्लेसिस अर्शद खानको बलमा ठूलो सट खेल्ने धुनमा टिम डेविडबाट लङअनमा क्याच आउट भएका थिए ।

दीनेश कार्तिक डक आउट भए । ग्लेन म्याक्सवेल ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे ।मुम्बईका क्यारन ग्रीन र अर्शद खानले एक एक विकेट लिए ।

त्यसअघि चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 April 2023
Website | + posts