मुम्बईमाथि बेंगलोरको सानदार जित

मुम्बईमाथि बेंगलोरको सानदार जित : Icon Khabar

काठमाडौं, चैत २० । कप्तान फाफ डु प्लेसिस र विराट कोहलीको उत्कृष्ट ब्याटिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले १६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा विराट कोहली ४९ बलमा ६ चौका र ५ छक्कासहित ८२ रनमा अविजित रहे । फाफ डु प्लेसिस ४३ बलमा ५ चौका र ६ छक्कासहित ७३ रनमा आउट भए ।

पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले १४.५ ओभरमा १ सय ४८ रनको सानदार शतकीय साझेदारीका साथ जितको आधार तय गरेका थिए । डु प्लेसिस अर्शद खानको बलमा ठूलो सट खेल्ने धुनमा टिम डेविडबाट लङअनमा क्याच आउट भएका थिए ।

दीनेश कार्तिक डक आउट भए । ग्लेन म्याक्सवेल ३ बलमा २ छक्कासहित १२ रनमा अविजित रहे ।मुम्बईका क्यारन ग्रीन र अर्शद खानले एक एक विकेट लिए ।

त्यसअघि चिन्नास्वामी रंगाशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो । –एजेन्सी

Published Date: 03 April 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर