म्यानचेस्टर युनाइटेडको इंग्लिस प्रिमियर लिगमा हार

म्यानचेस्टर युनाइटेडको  इंग्लिस प्रिमियर लिगमा हार : Icon Khabar

काठमाडौं, चैत २० । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा हार बेहोरेको छ । युनाइटेड घरेलु टोली न्यूक्यासल युनाइटेडसँग २–० ले पराजित भएको हो ।

न्यूक्यासलको जितमा जोसेफ विललक र कलुम विल्सनले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो । सेन्ट जेम्स पार्क न्यूक्यासलमा आइतबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको ६५औं मिनेटमा जोसेफ विललकले गोल गरेपछि युनाइटेड खेलमा १–० ले पछि पर्यो ।

उनले एलन सेन्ट म्याक्सिमिनको पासमा हेडरमार्फन गोल गर्न सफल भएका थिए । त्यसपछि ८८औं मिनेटमा कलुम विल्सनले गोल गर्दै म्यानचेस्टरलाई २–० को हार चखाए । विल्सनले काइरन ट्रिपिएरको पासमा हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

यस जितसँगै न्यूक्यासल २७ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित युनाइटेडको ५० अंक नै भएपनि गोल अन्तरमा चौथो स्थानमा झरेको छ ।– एजेन्सी

Published Date: 03 April 2023


ताजा
आज शुक्रबारको राशिफल
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव: देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर