मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए

मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, चैत १९ । यस वर्षको मार्चमा झण्डै एक लाख पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा ९९ हजार ४२६ पर्यटक नेपाल प्रवेश गरेका छन् । तीमध्ये ३३ हजार ४५४ सार्क राष्ट्रका, १५ हजार ६४३ अन्य एसियाली राष्ट्रहरूबाट, २३ हजार २६५ युरोपबाट र ३ हजार ९५८ ओशिनिया क्षेत्रका मुलुकबाट आएका थिए ।

त्यसैगरी नेपालले क्यानडाबाट १ हजार ७०७, अमेरिकाबाट ९ हजार ५५७ र मध्यपूर्वबाट १० हजार ३ सय ७५ पर्यटकलाई स्वागत गरेको छ ।
त्यस्तै मार्चमा अमेरिकाबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर थिए । सन् २०२२ मा अमेरिकाबाट कुल ४ हजार ८ सय ९६ पर्यटकले भ्रमण गरेका थिए ।

नेपालमा सबैभन्दा बढी भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलंकाबाट पर्यटक भित्रिएका छन् । कोभिड–१९ महामारीपछि नेपालको पर्यटन उद्योग पुन:प्राप्तिको बाटोमा रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts