मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए

मार्चमा महामारी यताकै धेरै पर्यटक नेपाल भित्रिए : Icon Khabar

काठमाडौं, चैत १९ । यस वर्षको मार्चमा झण्डै एक लाख पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार एक महिनामा ९९ हजार ४२६ पर्यटक नेपाल प्रवेश गरेका छन् । तीमध्ये ३३ हजार ४५४ सार्क राष्ट्रका, १५ हजार ६४३ अन्य एसियाली राष्ट्रहरूबाट, २३ हजार २६५ युरोपबाट र ३ हजार ९५८ ओशिनिया क्षेत्रका मुलुकबाट आएका थिए ।

त्यसैगरी नेपालले क्यानडाबाट १ हजार ७०७, अमेरिकाबाट ९ हजार ५५७ र मध्यपूर्वबाट १० हजार ३ सय ७५ पर्यटकलाई स्वागत गरेको छ ।
त्यस्तै मार्चमा अमेरिकाबाट आउने पर्यटक गत वर्षको सोही अवधिको तुलनामा झण्डै दोब्बर थिए । सन् २०२२ मा अमेरिकाबाट कुल ४ हजार ८ सय ९६ पर्यटकले भ्रमण गरेका थिए ।

नेपालमा सबैभन्दा बढी भारत, अमेरिका, बेलायत, जर्मनी र श्रीलंकाबाट पर्यटक भित्रिएका छन् । कोभिड–१९ महामारीपछि नेपालको पर्यटन उद्योग पुन:प्राप्तिको बाटोमा रहेको तथ्यांकले देखाएको छ ।

Published Date: 02 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु