ऋण पिडितहरुको समस्या सम्बोधन गर्न सार्वजनिक महत्वको प्रस्ताव जरुरी

ऋण पिडितहरुको समस्या सम्बोधन गर्न सार्वजनिक महत्वको प्रस्ताव जरुरी : Icon Khabar

काठमाडौं, चैत १९ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लुटपाटबाट पीडितको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको अत्यावश्यक प्रस्ताव पेस गर्दै उपप्रधानमन्त्रीले पीडितसँग भएको सहमतिअनुसार सरकारले यसका लागि पहल गर्ने बताए ।

‘कर्जा पीडितको समस्या सम्बोधन गर्न सरकार गम्भीर छ। यसअघि बनेको कार्यदलले ऋणीलाई कारबाही गर्न सिफारिस गरेको थियो। पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग गठन गर्ने प्रयास भइरहेको छ,’ उनले भने ।

ऋणका पिडितको समस्या समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव आगामी मन्त्रिपरिषद् बैठकमा पेश गरिने र यस सम्बन्धमा ऐन संशोधन गर्ने विधेयक संसदमा पेस गरिने उनले बताए ।

अर्को सन्दर्भमा मन्त्रीले सरकारले राष्ट्रिय सार्वभौमसत्ता, राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्ने, हालसम्म भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने लक्ष्य राखेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याएर देशलाई विकास र समृद्धिको बाटोमा लैजाने पनि सरकारको प्राथमिकतामा रहेको बताए ।

उनले भने, ‘सरकार देशको विकास र समृद्धिमा केन्द्रित छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts