बूढीगण्डकी जलविद्युत आयोजना छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल

बूढीगण्डकी जलविद्युत आयोजना छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मन्त्रिपरिषद् विस्तार भई आयोजनाको समन्वय गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एकजना मन्त्री नियुक्त भएकाले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरोकारवाला पक्षसँग छलफल गरेर अगाडि बढाउने स्पष्ट पारे ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दाहालले आगामी बजेटमा स्पष्ट व्यवस्था गरी आयोजना अगाडि बढाइने बताए ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले पार्टीको चुनावी घोषणापत्रमा यो आयोजना स्पष्ट लेखिएको र सत्तारुढ दलको यस विषयमा स्पष्ट धारणा रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी छौं, स्थानीयवासीको आशंका पनि हटेको छ, प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनासहित आयोजना अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 April 2023
Website | + posts