बूढीगण्डकी जलविद्युत आयोजना छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल

बूढीगण्डकी जलविद्युत आयोजना छिट्टै अघि बढ्छ : प्रधानमन्त्री दाहाल : Icon Khabar

काठमाडौं, चैत १९ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले मन्त्रिपरिषद् विस्तार भई आयोजनाको समन्वय गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा एकजना मन्त्री नियुक्त भएकाले बूढीगण्डकी जलविद्युत् आयोजनालाई सरोकारवाला पक्षसँग छलफल गरेर अगाडि बढाउने स्पष्ट पारे ।

गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दाहालले आगामी बजेटमा स्पष्ट व्यवस्था गरी आयोजना अगाडि बढाइने बताए ।

गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाले पार्टीको चुनावी घोषणापत्रमा यो आयोजना स्पष्ट लेखिएको र सत्तारुढ दलको यस विषयमा स्पष्ट धारणा रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले भने, ‘प्रधानमन्त्रीको प्रतिबद्धतापछि हामी खुसी छौं, स्थानीयवासीको आशंका पनि हटेको छ, प्रधानमन्त्रीले स्पष्ट कार्ययोजनासहित आयोजना अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

Published Date: 02 April 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु