नगद प्रवाहसम्बन्धी समिति गठन गर्ने

नगद प्रवाहसम्बन्धी समिति गठन गर्ने : Icon Khabar

काठमाडौं,चैत १७ । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले नगद प्रवाह योजना तर्जुमा समिति गठन गरेका छन् । यो उनको अर्थमन्त्रीका रुपमा पहिलो निर्णय भएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

यस्तो समिति बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको संयोजकत्वमा रहनेछ । समितिमा मन्त्रालय मातहतका विभागीय प्रमुख, महालेखा नियन्त्रकको कार्यालय, नेपाल राष्ट्र बैंक, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधिहरु सदस्य रहने भएका छन् ।

उनले सरकारको नगद प्रवाहअनुसार हरेक महिना कति आम्दानी भयो ? कति खर्च भयो ? त्यसको स्टेटमेन्ट तयार गर्नुपर्ने बताए । उनले यसमै आधारित रहेर समिति गठन गर्ने निर्णय गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts








ताजा
असार सकिनै लाग्दा देशैभर करीब ४२ प्रतिशत धान रोपाइँ
भक्तपुर घरेलु तथा साना उद्योग संघद्वारा प्रजिअ पाण्डेको स्वागत
चाँगुनारायणमा जनप्रतिनिधिका तीन वर्ष : विकास र उपलब्धिबारे सञ्चारकर्मीसँग अन्तरक्रिया
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला
सूर्यविनायक-अरनिको राजमार्गको हरविजोग, बाटो बनाउन अझै कति म्याद थप्नु पर्ने हो ?