नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक

नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक : Icon Khabar

काठमाडौं,चैत १८ । दक्षिण अफ्रिकाले आइसिसी सुपर लिगमा नेदरल्यान्ड्समाथि दोस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ विश्वकप नजिक पुगेको छ । महत्वपूर्ण १० अंक जोड्दै दक्षिण अफ्रिका आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बलियो बनाएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा टेम्बा बभुमा ७९ बलमा ८ चौका र १ छक्कासहित ९० रनमा अविजित रहे । एडेन माक्ररम ३९ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहे ।

माक्ररम र बभुमाले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । क्विन्टन डि कक ९ र रास्सी भान डर डुसेन ३१ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन र आर्यन दत्तले एक एक विकेट लिए ।

त्यसअघि बिनोनी पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४६.१ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ७१ बलमा ३ छक्कासहित सर्वाधिक ४८ रन बनाए । ओपनर विक्रमजित सिंहले ५३ बलमा ४ चौका र ३ छक्कासहित ४५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ८ ओभरमा २ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । तबरेज शाम्सीले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले दुई, मार्को यानसन र एडेन माक्ररमले एक एक विकेट लिए ।

दक्षिण अफ्रिका २० खेलमा ८ मा जित र १० मा हारसहित ८८ अंकका साथ नवौं स्थानमा छ । अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्सलाई हराउँदा ९८ अंक हुनेछ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ ।

आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । दक्षिण अफ्रिका सोझै विश्वकपमा पुग्न अन्तिम खेलमा जित निकाल्नुपर्छ । साथै आयरल्यान्डले अर्को महिना घरेलु मैदानमा बंगलादेशसँग हुने तीन खेलको सिरिजमा एक खेल हार्नुपर्ने हुन्छ ।

आयरल्यान्ड सबै खेलमा विजयी हुँदा समान अंक हुँदा नेटरनरेटमा निर्भर रहनेछ । श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले भने आगमी जुन जुलाईमा हुने विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्यान्ड र वेस्टइन्डिजको पनि उच्च सम्भावना छ ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड र ओमान लिग २ बाट शीर्ष तीनमा रहँदै पुगेका छन् । प्लेअफ क्वालिफायरबाट दुई टोली आउनेछन् । विश्वकप छनोटमा १० टोली हुनेछन् । दुई समूह हुँदै सुपर सिक्सबाट शीर्ष दुईमा रहने टोली विश्वकप खेल्न पाउनेछ । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 April 2023
Website | + posts
ताजा
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा
पहिरो खसेर अवरुद्ध भएको धुलिखेल–खावा सडक एकतर्फी संचालनमा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू