नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक

नेदरल्यान्ड्सलाई हराउँदै दक्षिण अफ्रिका विश्वकप नजिक : Icon Khabar

काठमाडौं,चैत १८ । दक्षिण अफ्रिकाले आइसिसी सुपर लिगमा नेदरल्यान्ड्समाथि दोस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ विश्वकप नजिक पुगेको छ । महत्वपूर्ण १० अंक जोड्दै दक्षिण अफ्रिका आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बलियो बनाएको छ ।

जितको लागि १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ३० ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिका जितमा टेम्बा बभुमा ७९ बलमा ८ चौका र १ छक्कासहित ९० रनमा अविजित रहे । एडेन माक्ररम ३९ बलमा ७ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहे ।

माक्ररम र बभुमाले तेस्रो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए । क्विन्टन डि कक ९ र रास्सी भान डर डुसेन ३१ रनमा आउट भए । नेदरल्यान्ड्सका फर्द क्लासेन र आर्यन दत्तले एक एक विकेट लिए ।

त्यसअघि बिनोनी पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स ४६.१ ओभरमा १ सय ८९ रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ७१ बलमा ३ छक्कासहित सर्वाधिक ४८ रन बनाए । ओपनर विक्रमजित सिंहले ५३ बलमा ४ चौका र ३ छक्कासहित ४५ रन बनाए । अन्य कुनैपनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका सिसान्डा मगलाले ८ ओभरमा २ मेडनसहित ३७ रन खर्चेर ३ विकेट लिदै प्लेयर अफ द म्याच चुनिए । तबरेज शाम्सीले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ३ विकेट लिए । एनरिच नोर्कियाले दुई, मार्को यानसन र एडेन माक्ररमले एक एक विकेट लिए ।

दक्षिण अफ्रिका २० खेलमा ८ मा जित र १० मा हारसहित ८८ अंकका साथ नवौं स्थानमा छ । अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्सलाई हराउँदा ९८ अंक हुनेछ । वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ ।

आयरल्यान्ड २१ खेलमा ६ मा जित र १३ मा हारसहित ६८ अंकका साथ ११ औं स्थानमा छ । दक्षिण अफ्रिका सोझै विश्वकपमा पुग्न अन्तिम खेलमा जित निकाल्नुपर्छ । साथै आयरल्यान्डले अर्को महिना घरेलु मैदानमा बंगलादेशसँग हुने तीन खेलको सिरिजमा एक खेल हार्नुपर्ने हुन्छ ।

आयरल्यान्ड सबै खेलमा विजयी हुँदा समान अंक हुँदा नेटरनरेटमा निर्भर रहनेछ । श्रीलंका, जिम्बावे र नेदरल्यान्ड्सले भने आगमी जुन जुलाईमा हुने विश्वकप छनोट खेल्ने पक्का भएको छ । आयरल्यान्ड र वेस्टइन्डिजको पनि उच्च सम्भावना छ ।

विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड र ओमान लिग २ बाट शीर्ष तीनमा रहँदै पुगेका छन् । प्लेअफ क्वालिफायरबाट दुई टोली आउनेछन् । विश्वकप छनोटमा १० टोली हुनेछन् । दुई समूह हुँदै सुपर सिक्सबाट शीर्ष दुईमा रहने टोली विश्वकप खेल्न पाउनेछ । – एजेन्सी

Published Date: 01 April 2023






ताजा
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह
अब सार्वजनिक बिदाको दिनमा पनि हुलाकमार्फत कुरियर सेवा पाइने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता