भक्तपुरमा तीन दिने लेखा तालिम सम्पन्न

भक्तपुरमा तीन दिने लेखा तालिम सम्पन्न : Icon Khabar
Photo Courtesy: Bhaktapur Municipality

भक्तपुर, पुस १५ गते । भक्तपुर नगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि आयोजना गरिएको तीन दिने लेखा तालिम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बाल्दै प्रमुख प्रजापतिले आफूसँग भएको ज्ञान र सीप अरुलाई सिकाउनु नै आफ्नो उपलब्धी भएको बताउदै आफूले प्राप्त गरेको तालिम व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए।

आफ्नो इमानदारीपूर्वक गरेको कामबाट अरुलाई प्रभावित गर्न सके सफलता प्राप्त हुने बताउदै उहाँले विद्यार्थीको योग्य र क्षमताअनुसार विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताए ।

समापन कार्यक्रममा तालिमका प्रशिक्षक टंकप्रसाद उपाध्यायले तालिम अवधिभरको आफ्नो अनुभव ब्यक्त गरेका थिए।

Published Date: 30 December 2022


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली