भक्तपुरमा तीन दिने लेखा तालिम सम्पन्न

भक्तपुरमा तीन दिने लेखा तालिम सम्पन्न : Icon Khabar
Photo Courtesy: Bhaktapur Municipality

भक्तपुर, पुस १५ गते । भक्तपुर नगरपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुको लागि आयोजना गरिएको तीन दिने लेखा तालिम सम्पन्न भयो ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा बाल्दै प्रमुख प्रजापतिले आफूसँग भएको ज्ञान र सीप अरुलाई सिकाउनु नै आफ्नो उपलब्धी भएको बताउदै आफूले प्राप्त गरेको तालिम व्यवहारमा कार्यान्वयन गर्नुपर्ने बताए।

आफ्नो इमानदारीपूर्वक गरेको कामबाट अरुलाई प्रभावित गर्न सके सफलता प्राप्त हुने बताउदै उहाँले विद्यार्थीको योग्य र क्षमताअनुसार विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गर्न शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताए ।

समापन कार्यक्रममा तालिमका प्रशिक्षक टंकप्रसाद उपाध्यायले तालिम अवधिभरको आफ्नो अनुभव ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2022
Website | + posts