आर्यन सिग्देलको चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रवारबाट देशैभर प्रदर्शन

आर्यन सिग्देलको चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रवारबाट देशैभर प्रदर्शन : Icon Khabar

अभिनेता आर्यन सिग्देलको चलचित्र ‘डिसेम्बर फल्स’ शुक्रवारबाट देशैभर प्रदर्शन भएको छ ।

देशभरका मल्टीप्लेक्समा सुखद् शोज पाएको फिल्मले सिंगल थिएटर लगभग अधिकांश कब्जा गरेको छ । रिलिजपूर्व गीत-संगीत, टिजर-ट्रेलरले निर्माण गरेको हाइप, आर्यन सिग्देल र उपासना सिंह ठकुरी जस्ता कलाकारको अभिनय रहेका कारण फिल्मको इनिसियल व्यापार सुखद् हुने प्रक्षेपण गरिएको छ ।

रामप्रसाद रिजालद्वारा निर्मित फिल्ममा सलोन बस्नेत, नरेश भट्टराई, सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद र राजकुमार भट्ट छन् ।

यस फिल्मलाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गरेको छ ।

Published Date: 30 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर