टाउकोमा परेको चायाँ हटाउने घरेलु विधिहरु

टाउकोमा परेको चायाँ हटाउने घरेलु विधिहरु : Icon Khabar

काठमाडौँ, चैत १७ । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ । गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ ।

तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ । टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन् ।

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् :

एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।

कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ ।

अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ ।

नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।

काँचो अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । त्यसपछि हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।

अण्डासँगै मरिच र दही मिसाएर कपालमा लगाउने र १५ मिनेट पछि पखाल्ने ।

धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।

Published Date: 31 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी