टाउकोमा परेको चायाँ हटाउने घरेलु विधिहरु

टाउकोमा परेको चायाँ हटाउने घरेलु विधिहरु : Icon Khabar

काठमाडौँ, चैत १७ । चायाँ छालासम्बन्धी एक प्रकारको समस्या हो । टाउकाको छालाबाट मरेका कोषहरू बाहिर निस्केपछि त्यसलाई नै चाँया भनिन्छ । गर्मी समयमा भन्दाबढि जाडो समयमा चाँयाले धेरै सताउने गरेको पाइन्छ ।

तर कतिपयलाई गर्मी मौसममा पनि चायाँले सताएर हैरान भएको पाइन्छ । टाउकोमा परेको चायाँको असर अनुहारमा पनि पर्ने भएकाले मानिसहरु आफ्नो सौन्दर्यका लागि निकै चिन्तित हुन्छन् ।

चायाँ हटाउने केही घरेलु उपायहरु यस्ता छन् :

एक कप दहीमा एक कप वेसन मिलाएर कपालमा राम्ररी लगाउने र करिब दुई घन्टापछि धुने । यो प्रक्रिया केही दिन लगातार गरेमा चायाँ हट्दै जानेछ ।

कपालमा नियमित रुपले नविरलको शुद्ध तेल लगाउँदा पनि चायाँ हट्छ ।

अमला र रिट्ठा मिसाएर टाउकोमा लगाउने र यसको दुई घन्टापछि धुने गरेमा पनि चायाँ हट्छ ।

नुहाउनुभन्दा एक घन्टा अगाडी संधै कागतीको रसले टाउको मालिस गरेमा पनि केही हदसम्म चायाँको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

प्रयोग गरेका ब्रस, तकिया, काईंयो, सिरानी सकेसम्म प्रयोग नगर्ने ।

काँचो अण्डा फुटाएर एक घण्टा जति कपालमा राम्रोसँग दलेर त्यतिकै रहन दिने । त्यसपछि त्यसलाई पखाल्ने । त्यसपछि हल्का सेम्पु प्रयोग गर्न सकिन्छ ।

अण्डासँगै मरिच र दही मिसाएर कपालमा लगाउने र १५ मिनेट पछि पखाल्ने ।

धूलो र अत्याधिक घाममा हिँड्दा टाउको छोप्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 March 2023
Website | + posts