आर्थिक समस्याबाट बाहिर निस्कन राज्यको सम्पूर्ण संयन्त्र लाग्नेछ : अर्थमन्त्री महत

आर्थिक समस्याबाट बाहिर निस्कन राज्यको सम्पूर्ण संयन्त्र लाग्नेछ : अर्थमन्त्री महत : Icon Khabar

काठमाडौं, चैत १७ । नवनियुक्त अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक संकटबाट बाहिर निस्कन राज्यको सम्पूर्ण संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

पदभार सम्हालेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संकटग्रस्त अर्थतन्त्रलाई सुधार्न आफूले कुनै कसर बाँकी नराख्ने दाबी गरे ।

‘अर्थतन्त्रको समस्याबाट बाहिर निस्कन सिंगो राज्य व्यवस्था लाग्ने छ,’ उनले भने, ‘अर्थतन्त्रलाई जोगाउन हामी कुनै कसर बाँकी राख्दैनौँ ।

उनले सरकारले सामान्य खर्चलाई प्राथमिकता दिएर मात्रै खर्च गर्ने बताए ।

Published Date: 31 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी