नेपाली सेना र अमेरिकी बीच सेना तालिम र विपद् राहतलगायत विभिन्न क्षेत्रमा सहयोग जारी राख्न सहमति

नेपाली सेना र अमेरिकी बीच सेना तालिम र विपद् राहतलगायत विभिन्न क्षेत्रमा सहयोग जारी राख्न सहमति : Icon Khabar

काठमाडौं, चैत १६ । नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय वार्ताको चौथो संस्करण बुधबार सम्पन्न भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चैत ११ गतेदेखि भएको द्विपक्षीय वार्तामा मानवीय सहायता तथा विपद् राहत, शान्ति कार्य, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको तर्फबाट मेजर जनरल अशोकराज सिग्देल र अमेरिकी सेनाका तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वमा भएको उक्त संवादमा नेपाली सेनाको तर्फबाट मेजर जनरल अशोकराज सिग्देलले नेतृत्व गरेका थिए ।

वार्तामा नेपाली टोलीमा परराष्ट्र, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि र अमेरिकी टोलीबाट २२ प्रतिनिधि सहभागी थिए ।

यसैबीच अमेरिकी टोलीका नेता स्मिथले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै त्यस्ता संवादले नेपाल र अमेरिकाबीचको सुमधुर द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन मद्दत पुग्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 March 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने