नेपाली सेना र अमेरिकी बीच सेना तालिम र विपद् राहतलगायत विभिन्न क्षेत्रमा सहयोग जारी राख्न सहमति

नेपाली सेना र अमेरिकी बीच सेना तालिम र विपद् राहतलगायत विभिन्न क्षेत्रमा सहयोग जारी राख्न सहमति : Icon Khabar

काठमाडौं, चैत १६ । नेपाली सेना र अमेरिकी सेनाबीच द्विपक्षीय वार्ताको चौथो संस्करण बुधबार सम्पन्न भएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चैत ११ गतेदेखि भएको द्विपक्षीय वार्तामा मानवीय सहायता तथा विपद् राहत, शान्ति कार्य, तालिम र विपद् व्यवस्थापन क्षमता विस्तारमा सहयोगलाई निरन्तरता दिने विषयमा केन्द्रित रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाको तर्फबाट मेजर जनरल अशोकराज सिग्देल र अमेरिकी सेनाका तर्फबाट एसिया प्यासिफिक कमाण्डका उपप्रमुख मेजर जनरल क्रिस्टोफर स्मिथको नेतृत्वमा भएको उक्त संवादमा नेपाली सेनाको तर्फबाट मेजर जनरल अशोकराज सिग्देलले नेतृत्व गरेका थिए ।

वार्तामा नेपाली टोलीमा परराष्ट्र, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका प्रतिनिधि र अमेरिकी टोलीबाट २२ प्रतिनिधि सहभागी थिए ।

यसैबीच अमेरिकी टोलीका नेता स्मिथले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै त्यस्ता संवादले नेपाल र अमेरिकाबीचको सुमधुर द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन मद्दत पुग्ने बताएको छ ।

Published Date: 30 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै