नेपालमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै, सङ्क्रमितको सङ्ख्या १०३ पुग्यो

नेपालमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै, सङ्क्रमितको सङ्ख्या १०३ पुग्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, चैत १५ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।

२४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयले कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्।

कुनै लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।

Published Date: 29 March 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु