नेपालमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै, सङ्क्रमितको सङ्ख्या १०३ पुग्यो

नेपालमा कोरोना सङ्क्रमित दिन प्रतिदिन बढ्दै, सङ्क्रमितको सङ्ख्या १०३ पुग्यो : Icon Khabar
प्रतीकात्मक तस्बिर

काठमाडौं, चैत १५ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय शून्यमा झरेको कोरोना सङ्क्रमण बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर १०३ पुगेको छ।

२४ घण्टामा एक हजार तीन सय ३० जनाको कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयले कोभिड-१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ।

ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुने घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने जस्ता मिल्दा जुल्दा लक्षण देखिने छन्।

कुनै लक्षण देखिएमा बेवास्ता नगरी जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न मन्त्रालयको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने
७० वर्षभन्दा माथिका जेष्ठ नागरिकले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने
नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ को नयाँ पोस्टर सार्वजनिक, माघ १६ गतेदेखि प्रदर्शनमा आउने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा साइकल संस्कृति प्रवर्द्धन गर्न साइकल कनेक्ट र जेन्युन स्कुलबीच सम्झौता