बुधबार नेप्से परिसूचक झिनो १.०२ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक झिनो १.०२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १५ । बुधबार नेप्से परिसूचक १.०२ अंक बढेर १९१९.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.६८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स भने ०.०७ अंक घटेको छ।

बुधबार २५८ स्टकको २५ हजार ४१३ पटकको कारोबारमा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो साढे ३ महिना यताकै न्यून हो। यस अघि मंसिर २८ गते ७२ करोडको शेयर कारोबार भएको थियो। सोपश्चात न्यून रकमको कारोबार भएको हो।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक बुधबार सर्वाधिक ०.८९ प्रतिशत घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित