बुधबार नेप्से परिसूचक झिनो १.०२ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक झिनो १.०२ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, चैत १५ । बुधबार नेप्से परिसूचक १.०२ अंक बढेर १९१९.४२ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.६८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ भने फ्लोट इण्डेक्स भने ०.०७ अंक घटेको छ।

बुधबार २५८ स्टकको २५ हजार ४१३ पटकको कारोबारमा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो साढे ३ महिना यताकै न्यून हो। यस अघि मंसिर २८ गते ७२ करोडको शेयर कारोबार भएको थियो। सोपश्चात न्यून रकमको कारोबार भएको हो।

१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक बुधबार सर्वाधिक ०.८९ प्रतिशत घटेको छ।

Published Date: 29 March 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु