नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको नामावली तयार

नेकपा एकीकृत समाजवादीले मन्त्रीहरुको नामावली तयार : Icon Khabar

काठमाडौं, चैत १५ । नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिक्रियाको प्रतीक्षामा रहेको छ ।

पार्टीका पदाधिकारीले बुधबार बसेको बैठकमा तीनवटा मन्त्रालयमा आफ्नो दाबी राखेको र प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले आफ्नो पार्टीले धेरै योगदान गरेकोले अहिले आफ्नो पार्टीले तीनवटा मन्त्रालय मागेको बताए ।

उनले भने, ‘हामीले लामो समयदेखि छलफल गरेका छौं, तीनवटा मन्त्रालयको दाबी गरेका छौं, मन्त्रालय टुंगो नलागेकाले प्रधानमन्त्रीको जवाफ पर्खिरहेका छौं ।

पार्टी प्रवक्ता समेत रहेका खतिवडाले तीन मन्त्रालयका लागि मागेका मन्त्रीहरुको नाम दिन आफू तयार रहेको स्पष्ट पारे ।

Published Date: 29 March 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख १७ गते बिहिबार
बिहीबार परेको वर्षाका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै खुल्न सकेन
राष्ट्रपति पौडेलद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
त्रिभुवन विश्वविद्यालयका उपकुलपति सहित सबै पदाधिकारीको सामूहिक राजीनामा










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा