नेमकिपा अध्यक्ष विजुक्छेंद्धारा ११५ जना जेष्ठ नागरिकहरुलाई सम्मान

नेमकिपा अध्यक्ष विजुक्छेंद्धारा ११५ जना जेष्ठ नागरिकहरुलाई सम्मान : Icon Khabar

भक्तपुर, चैत १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सोमबार एक सय १५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सिद्धि गणेश वचत तथा ऋण सहकारी संस्था लिमिटेड चोर्चा भक्तपुरको आयोजनामा भएको जेष्ठ सदस्य सम्मान कार्यक्रममा अध्यक्ष विजुक्छेंले संस्थामा आवद्ध जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई सम्मान गरेको हो । संस्थाले प्रत्येक वर्ष संस्थामा आवद्ध ७० वर्ष नाघेका बृद्धबृद्धाहरुलाई वर्षमा एकपटक यसरी नै सम्मान गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि विजुक्छेंले बृद्धबृद्धाहरुको उचित स्याहारसुसारका लागि आदर निकेटनको आवश्यकताबारे चर्चा गरे । अहिले परिवारका सदस्यहरु सवैजना व्यस्त रहने भएकाले परिवारका जेष्ठ नागरिकहरुलाई उचित स्याहारसुहार गर्ने समस्या भएको भन्दै जेष्ठ नागरिकहरुको उचित स्याहारसुसारका लागि आदर निकेतन सञ्चालन गर्नुपर्नेमो जोड दिएका थिए ।

जेष्ठ नागरिकहरुलाई आफनो स्वास्थ्यप्रति गम्भीर हुन सचेत गराउंदै चिकित्कसको सल्लाह अनुसार अगाडि वढ्न सल्लाह दिए । उनले आआफनो स्वास्थ्यप्रति सम्वेदनशिल भई औषधि उपचार गर्न, रोग लागिसकेपछि तुरुन्त स्वास्थ्य संस्थामा पुगेर उपचार गराउन हुन बताए ।

कार्यक्रममा ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरका संयोजक डा रत्नसुन्दर लासिवाले सहभागी जेष्ठ नागरिकहरुलाई स्वास्थ्य हेरविचारका विभिन्न पक्षहरुबारे जानकारी गराएका थिए । समयमै उपचार गरे रोगको निदान हुने भन्दै यसतर्फ सवैजना जेष्ठ नागरिकहरुलाई सचेत रहन आग्रह गरेका थिए ।

संस्थाका अध्यक्ष रुद्रनारायण लाखाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णुराम दुमरुले स्वागत गरेका थिए । कार्यक्रम संस्थाका सचिव विष्णुप्रसाद दुमरुले सञ्चालन गरेका थिए ।

संस्थाले २०६९ सालबाट जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु गरेको थियो । वर्षमा एक पटक गरी गतवर्षसम्म ६ सय ७१ जेष्ठ नागरिकलाई सम्मान गरिसकेको कार्यक्रममा जानकारी दिए । सोमबार थप एक सय १५ जनालाई सम्मान गरिएको थियो ।

Published Date: 27 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी