प्रधान सेनापति प्रभुराम शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान

प्रधान सेनापति प्रभुराम शर्मालाई ‘एकाडेमी हल अफ फेम’ सम्मान : Icon Khabar

काठमाडौँ, चैत १३ । प्रधान सेनापति प्रभुराम शर्मा ‘एकाडेमी हल अफ फेम’ बाट सम्मानित भएका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पूरा गरी सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधान सेनापति शर्मा ‘एकाडेमी हल अफ फेम’ बाट सम्मानित भएका हुन् ।

सोमबार प्रतिष्ठानमा आयोजित अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी अनुप जङ्ग थापाले शर्मालाई सम्मान पत्र प्रदान गरेका हुन् । कार्यक्रममा प्रधान सेनापति शर्माले सैनिक जीवनको प्रारम्भिक दिनमा प्रतिष्ठानका शिक्षकवर्गबाट प्राप्त हुने सैनिक मूल्य र मान्यता सहितको पेशागत ज्ञानले दुरगामी प्रभाव पार्ने बताए ।

उनले कठिनाईसँग जुध्न, चुनौतीको सामना गर्न, अभावसँग खेल्न, साहस र धैर्यतासँग मितेरी गाँस्न, दृढता, जिम्मेवारी, संकल्पलाई सारथी बनाउन तथा बौद्धिक विकासको लागि अध्ययनशील हुन प्रतिष्ठानमा प्रदान गरिने तालिमले ठूलो भूमिका खेल्ने बताए ।

शर्माले वर्तमान समयमा प्रविधिको विकाससँगै जटिल बन्दै गएको अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशसँग जुध्न बहुआयामिक विज्ञताको आवश्यकता रहेको समेत बताए । विभिन्न शिक्षण संस्थाबाट तालिम प्राप्त गरेका शिक्षार्थी मध्ये विशेष नियुक्ति र पद हासिल गर्नेलाई सम्मान गर्ने र उनीहरुको तस्बिर विशेष कक्षमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नेपाली सैनिक प्रतिष्ठानमा ‘एकाडेमी हल हफ फेम’ अधिष्ठापन समारोह आयोजना गरिएको हो ।

सोमबारको समारोहमा प्रधान सेनापतिले सि.सं. २० अधिकृत क्याडेट तालिमका गुरुवर्गलाई सम्मान गरेका थिए । नेपाली सेनाको इतिहासमा सैनिक प्रतिष्ठानबाट अधिकृत क्याडेट आधार तालिम पूरा गरेका शिक्षार्थी मध्ये प्रधान सेनापतिको नियुक्ति पाउने महारथी शर्मा तेश्रो हुन् । यसअघि महारथी राजेन्द्र क्षेत्री (अ.प्रा.) र महारथी पूर्णचन्द्र थापा (अ.प्रा.) ले प्राप्त गरेका थिए ।

उक्त समारोहमा पूर्व प्रधानसेनापति त्रिविका उपकूलपति तथा प्राध्यापक, नेपाली सेनाका बहालवाला एवं अवकाश प्राप्त रथीबृन्द, नेपाली सैनिक प्रतिष्ठानका पूर्व शिक्षाधिकृत तथा डिन लगायत नेपाली सेनाका अधिकृतको उपस्थिति थियो । अधिष्ठापन कार्यक्रम पूर्व आजै आयोजित दीक्षान्त समारोहमा सि.सं. ६० अधिकृत क्याडेट तालिमका शिक्षार्थी अधिकृतलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. श्री धर्मकान्त बास्कोटाले प्रमाण–पत्र र प्रधान सेनापति शर्माले चारित्रिक प्रमाण पत्र वितरण गरेका थिए ।

त्रिभुवन विश्वविद्यालयसँग नेपाली सैनिक प्रतिष्ठान सम्बन्धनको २५ औं वर्ष पुगेको अवसरमा आयोजित समारोहमा जाम्बियाका १, महिला ११ गरी जम्मा ८६ क्याडेटले मानविकीतर्फ कलाशास्त्रीबाट दीक्षित भएका छन् । हालसम्म सैनिक प्रतिष्ठानबाट विदेशी २३ जना सहित जम्मा २ हजार ८५५ जना स्नातकोपाधि सहित दीक्षित भइसकेका छन् ।

Published Date: 27 March 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता