कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो : Icon Khabar

काठमाडौं, चैत १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन पछि सरेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन पछि धकेलिएको जानकारी दिएका हुन् ।

यसअघि चैत १४ गतेका लागि बोलाइएको बैठक १६ गतेका लागि सारिएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts