कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सर्‍यो : Icon Khabar

काठमाडौं, चैत १३ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन पछि सरेको छ । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल सोमबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसम्पादन समितिको बैठक दुई दिन पछि धकेलिएको जानकारी दिएका हुन् ।

यसअघि चैत १४ गतेका लागि बोलाइएको बैठक १६ गतेका लागि सारिएको हो । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०७९ चैत्र १४ गते मंगलबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
बैठकमा सरकारमा सहभागिता लगायत विषयमा छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

Published Date: 27 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी