सत्तारुढ गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने

सत्तारुढ गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने : Icon Khabar

काठमाडौं, चैत १३ । सत्तारुढ गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सत्तारुढ दलको बैठक मंगलबार अपराह्न ४ बजे बोलाउने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए । ।

आजको भेटमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

मंगलबार बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । आजसम्ममा मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जुटाउन नसकेपछि त्यसमा ढिलाइ भएको हो ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दल छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts