सत्तारुढ गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने

सत्तारुढ गठबन्धनको बैठक मंगलबार अपराह्न ४ बजे बस्ने : Icon Khabar

काठमाडौं, चैत १३ । सत्तारुढ गठबन्धनको बैठक मंगलबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले सत्तारुढ दलको बैठक मंगलबार अपराह्न ४ बजे बोलाउने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस विज्ञ मनहरी तिमिल्सिनाले जानकारी दिए । ।

आजको भेटमा प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी थिए ।

मंगलबार बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ । आजसम्ममा मन्त्रिपरिषद् विस्तार हुने भनिए पनि सत्तारुढ गठबन्धनमा रहेका दलहरुले सहमति जुटाउन नसकेपछि त्यसमा ढिलाइ भएको हो ।

सत्तारुढ गठबन्धनमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दल छन्

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर