काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सोमबार राजधानीमा प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सोमबार राजधानीमा प्रदर्शन : Icon Khabar

काठमाडौं, चैत १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सोमबार राजधानीमा आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।

मेयर शाहको गैरकानुनी र असंवैधानिक प्रयासको विरोधमा आन्दोलनरत सुकुम्बासीले बस्नेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍याली निकालेका थिए ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले मेयर शाहले उनीहरुलाई हटाउन खोजेको विरोधमा प्रदर्शन गरिएको बताए । उनले कामनपाका पदाधिकारीले प्रचलित कानुन र संविधानविपरीत आश्रयस्थलको वैकल्पिक व्यवस्था नगरी निष्कासन गरेको आरोप लगाए ।

आन्दोलनरत सुकुम्बासीले मेयर शाहविरुद्ध कडा नाराबाजी गरेका थिए । उनीहरुले विगतमा आन्दोलनका क्रममा पक्राउ परेका भूमि कार्यकर्तालाई निःशर्त रिहा गर्न र आफूमाथि परेका ‘झुटा मुद्दा’ फिर्ता लिन पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts




ताजा
निर्वाचन बिथोल्न केही तत्वहरु सक्रिय छनः गृहमन्त्री
सिंहदरबारमा मन्त्रीपरिषदको बैठक जारी
बिहीबार नेप्से परिसूचक १८.४० अंकले घट्यो
जेनजी आन्दोलनको सम्पत्ति क्षतिमा इन्स्योरेन्स कम्पनीमा सवा २३ अर्ब रुपैयाँ बीमा दाबी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित