काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सोमबार राजधानीमा प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर शाहविरुद्ध सोमबार राजधानीमा प्रदर्शन : Icon Khabar

काठमाडौं, चैत १३ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध सोमबार राजधानीमा आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।

मेयर शाहको गैरकानुनी र असंवैधानिक प्रयासको विरोधमा आन्दोलनरत सुकुम्बासीले बस्नेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍याली निकालेका थिए ।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका अध्यक्ष कुमार कार्कीले मेयर शाहले उनीहरुलाई हटाउन खोजेको विरोधमा प्रदर्शन गरिएको बताए । उनले कामनपाका पदाधिकारीले प्रचलित कानुन र संविधानविपरीत आश्रयस्थलको वैकल्पिक व्यवस्था नगरी निष्कासन गरेको आरोप लगाए ।

आन्दोलनरत सुकुम्बासीले मेयर शाहविरुद्ध कडा नाराबाजी गरेका थिए । उनीहरुले विगतमा आन्दोलनका क्रममा पक्राउ परेका भूमि कार्यकर्तालाई निःशर्त रिहा गर्न र आफूमाथि परेका ‘झुटा मुद्दा’ फिर्ता लिन पनि माग गरेका छन् ।

Published Date: 27 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग