आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत १३ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा बिक्री भएको छापावाल सुन सोमबार १ लाख ९ हजारमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 March 2023
Website | + posts