आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो

आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, चैत १३ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

आइतबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा बिक्री भएको छापावाल सुन सोमबार १ लाख ९ हजारमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा बिक्री भइरहेको छ । हिजो प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैबीच, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ पुगेको छ ।

Published Date: 27 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर