आइतबार नेप्से परिसूचकमा भारि गिरावट, २६.८७ अंकले घट्यो

आइतबार नेप्से परिसूचकमा भारि गिरावट, २६.८७ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत १२ । आइतबार नेप्से २६.८७ अंक घटेर १८८८.२७ विन्दुमा झरेको छ। यस अघि गत पुस ७ गते नेप्से १८६७.२१ विन्दुमा थियो। आइतबारको बन्द विन्दु त्यसयताकै न्यून विन्दु हो।

सेन्सेटिभ इण्डेक्स ५.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.९५ अंक घटेको छ।
आइतबार २५९ स्टकको ३२ हजार १६८ पटकको कारोबारमा १ अर्ब २८ करोड ९३ लाख रुपैयाँ बराबरको ३७ लाख ५४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार, नेप्सेमा १ अर्ब ४१ करोडको शेयर कारोबार भएको थियो।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्त उपसमूहको परिसूचक ३.८४ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। यस दिन बैंकिङ्ग, विकास बैंक, वित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 26 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी