लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन भएन ? : सांसद कुँवर

लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन भएन ? : सांसद कुँवर : Icon Khabar

काठमाडौं, चैत १२ । नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारतले अतिक्रमण गरेको नेपाली भूमिमा जनगणना हुन नसकेको मुद्दा संसदमा उठाएका छन् ।

आइतबारको संसद बैठकको शून्य समयमा बोल्दै उनले मुलुकको जनसङ्ख्या २९ करोड नाघेको तर लिम्पियाधुरा, कालापानी र लिपुलेकमा जनगणना किन हुन नसकेको भन्दै प्रश्न गरेका हुन् ।

“नेपालको जनसङ्ख्या प्रकाशित हुँदा लिम्पियाधुरा, कालापानी र लिपुलेकमा बसोबास गर्नेलाई किन गणना गरिएन ? उनले प्रश्न गरे, “हाम्रो देशको भूगोलको जनगणना किन गरिएन? २०१८ सालमा ती क्षेत्रमा जनगणना गरिएको थियो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts