विश्व बैंकले नेपाललाई करिब १६ अर्ब नेपाली रुपैयाँ अनुदान दिने

विश्व बैंकले नेपाललाई करिब १६ अर्ब नेपाली रुपैयाँ अनुदान दिने : Icon Khabar

काठमाडौं, चैत १२ । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब नेपाली रुपैयाँ) अनुदान दिने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल सरकारको मुख्य विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न सो रकम बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यो कार्यक्रम अघिल्लो विद्यालय क्षेत्र कार्यक्रम मा आधारित छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले मानव पूँजीको विकासका लागि गुणस्तरीय शिक्षामा लगानी महत्वपूर्ण हुने बताए ।

यसले नयाँ सङ्घीय राज्यको महत्वाकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर अभिवृद्धि र समतामूलक पहुँचको नेपाल सरकारको दृष्टिकोणलाई पनि सघाउने उहाँले बताउनुभयो । विश्व बैंकका अनुसार यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयको क्षतिलाई सम्बोधन गर्न, उपयुक्त कक्षाकोठा निर्माण गर्न र डिजिटल शिक्षाको सुदृढीकरणमा खर्च गरिने छ । यो छात्रवृत्ति कार्यक्रममा पनि प्रयोग गरिनेछ।

Published Date: 26 March 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग