विश्व बैंकले नेपाललाई करिब १६ अर्ब नेपाली रुपैयाँ अनुदान दिने

विश्व बैंकले नेपाललाई करिब १६ अर्ब नेपाली रुपैयाँ अनुदान दिने : Icon Khabar

काठमाडौं, चैत १२ । विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (करिब १६ अर्ब नेपाली रुपैयाँ) अनुदान दिने भएको छ ।

विश्व बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल सरकारको मुख्य विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न सो रकम बराबरको अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । यो कार्यक्रम अघिल्लो विद्यालय क्षेत्र कार्यक्रम मा आधारित छ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले मानव पूँजीको विकासका लागि गुणस्तरीय शिक्षामा लगानी महत्वपूर्ण हुने बताए ।

यसले नयाँ सङ्घीय राज्यको महत्वाकांक्षा पूरा गर्न शिक्षाको गुणस्तर अभिवृद्धि र समतामूलक पहुँचको नेपाल सरकारको दृष्टिकोणलाई पनि सघाउने उहाँले बताउनुभयो । विश्व बैंकका अनुसार यो अनुदान कोभिड–१९ का कारण बन्द भएका विद्यालयको क्षतिलाई सम्बोधन गर्न, उपयुक्त कक्षाकोठा निर्माण गर्न र डिजिटल शिक्षाको सुदृढीकरणमा खर्च गरिने छ । यो छात्रवृत्ति कार्यक्रममा पनि प्रयोग गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts