संघीय संसदका दुवै सदनको बैठक बस्दै: सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री

संघीय संसदका दुवै सदनको बैठक बस्दै: सत्य निरुपण तथा मेलमिलाप विधेयक प्रस्तुत गर्दै प्रधानमन्त्री : Icon Khabar

काठमाडौं, चैत १२ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारको प्रतिनिधिसभा बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक पेश गर्ने भएका छन् । उनले सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गर्न प्रस्ताव पेस गर्ने संसद सचिवालयले जनाएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन विधेयक २०७९) सम्बन्धी प्रस्ताव पनि पेस गर्दैछन् । सभामुख देवराज घिमिरेले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसैगरी राष्ट्रियसभाको बैठकमा डा बेदुराम भुसालले राष्ट्रिय मर्यादा विधेयक, २०७९ पेश गरेका थिए । सभामा पेस गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts