मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको छ : गृहसचिव सिंह

मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको छ : गृहसचिव सिंह : Icon Khabar

काठमाडौं, चैत १२ । गृहसचिव विनोदप्रकाश सिंहले मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको बताएका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आइतबार गृहमन्त्रालयमा सम्मानपत्र लगाइएको थियो । उनले मुलुकलाई अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरी बल आवश्यक रहेको बताए ।

“अब हामीलाई अनुशासित र स्वच्छ प्रहरी चाहिन्छ। हामीलाई व्यावसायिक प्रहरी चाहिन्छ। पेशागत प्रहरी भन्नासाथ तालिमको कुरा छ, अरु कुरा छ, नयाँ प्रविधिको कुरा छ । तर पदमा बसेका कर्मचारीमा मनोबल र दृढ संकल्प भए यी समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।

सचिव सिंहले पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध बढ्दै गएकाले यस्ता अपराधलाई नियन्त्रण गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र दृढ संकल्प आवश्यक रहेको बताए ।

सिंहले नवनियुक्त प्रहरी महानिरीक्षकले अनुशासनहीनता, लापरवाही र भ्रष्ट गतिविधिमा प्रहरीलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए ।

अनुशासनहीनता, लापरवाही र भ्रष्ट गतिविधिमा शून्य सहनशीलता रहनेछ । मन्त्रालयले देख्न सक्ने सुधारहरू हेर्न चाहन्छ। विगतमा पनि सुधार भए, तर सुधारको काम पूरा भएजस्तो लाग्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 March 2023
Website | + posts