मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको छ : गृहसचिव सिंह

मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको छ : गृहसचिव सिंह : Icon Khabar

काठमाडौं, चैत १२ । गृहसचिव विनोदप्रकाश सिंहले मुलुकलाई अनुशासित र स्वच्छ प्रहरी बल आवश्यक रहेको बताएका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आइतबार गृहमन्त्रालयमा सम्मानपत्र लगाइएको थियो । उनले मुलुकलाई अनुशासित, स्वच्छ र व्यावसायिक प्रहरी बल आवश्यक रहेको बताए ।

“अब हामीलाई अनुशासित र स्वच्छ प्रहरी चाहिन्छ। हामीलाई व्यावसायिक प्रहरी चाहिन्छ। पेशागत प्रहरी भन्नासाथ तालिमको कुरा छ, अरु कुरा छ, नयाँ प्रविधिको कुरा छ । तर पदमा बसेका कर्मचारीमा मनोबल र दृढ संकल्प भए यी समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।

सचिव सिंहले पछिल्लो समय प्रविधिको प्रयोगबाट हुने अपराध बढ्दै गएकाले यस्ता अपराधलाई नियन्त्रण गर्न प्रहरी प्रशासनमा आत्मविश्वास र दृढ संकल्प आवश्यक रहेको बताए ।

सिंहले नवनियुक्त प्रहरी महानिरीक्षकले अनुशासनहीनता, लापरवाही र भ्रष्ट गतिविधिमा प्रहरीलाई शून्य सहनशीलतामा लैजानुपर्ने बताए ।

अनुशासनहीनता, लापरवाही र भ्रष्ट गतिविधिमा शून्य सहनशीलता रहनेछ । मन्त्रालयले देख्न सक्ने सुधारहरू हेर्न चाहन्छ। विगतमा पनि सुधार भए, तर सुधारको काम पूरा भएजस्तो लाग्दैन,’ उनले भने ।

Published Date: 26 March 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु