सुर्यविनायक नगरपालिकाका उपभोक्तालाई पानी बितरण गर्न कार्यको शुभारम्भ गर्ने

सुर्यविनायक नगरपालिकाका उपभोक्तालाई पानी बितरण गर्न कार्यको शुभारम्भ गर्ने : Icon Khabar

भक्तपुर,पुष १५ ।  सुर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको पाण्डुबजार हाईटको खानेपानी टयाकींबाट पानी  उपभोक्तालाई बितरण गर्न कार्यको शुभारम्भ भएको छ ।

सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको सक्रियतामा वागमति प्रदेश सभाका सदस्य किरण थापा, उपप्रमुख सरिता भट्टराई र वडाका अध्यक्षहरुको उपस्थितिमा उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रतिनिधिबीच वृहत छलफल गरि उक्त कार्यको शुभारम्भ भएको छ ।

सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटटराईको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरि नगरपालिकाका वडामा भएको खानेपानी उपभोक्ता समितिको विवरण गर्ने कार्य भईरहेको छ । नगरपालिका र केयुकेयलका कन्सल्टेन्ट इन्जिनियरहरुको टिमले मेलम्ची खानेपानीको टयांकी तोकिएको वडामा निरीक्षण गरि व्यवस्थापन गर्ने तयारी भइरहेको उपमेयर भटटराईले बताउनुभयो ।

सुर्यविनायक नगरपालिकाको खानेपानी व्यवस्थापन कार्यदलले मेलम्चीको पानी अल्पकालिन रुपमा पुरानो साबिक ट्यांकीमा राखी यथासिघ्र उपभोक्तालाई बितरण गर्ने र दिर्घकालिन रुपमा मेलम्ची खानेपानिबाटै सबै नयाँ ब्यवस्थापन हुने गरि तयारी थालेको छ ।

Published Date: 30 December 2022


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर