सुर्यविनायक नगरपालिकाका उपभोक्तालाई पानी बितरण गर्न कार्यको शुभारम्भ गर्ने

सुर्यविनायक नगरपालिकाका उपभोक्तालाई पानी बितरण गर्न कार्यको शुभारम्भ गर्ने : Icon Khabar

भक्तपुर,पुष १५ ।  सुर्यविनायक नगरपालिका वडा नम्बर ६ मा रहेको पाण्डुबजार हाईटको खानेपानी टयाकींबाट पानी  उपभोक्तालाई बितरण गर्न कार्यको शुभारम्भ भएको छ ।

सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाको सक्रियतामा वागमति प्रदेश सभाका सदस्य किरण थापा, उपप्रमुख सरिता भट्टराई र वडाका अध्यक्षहरुको उपस्थितिमा उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रतिनिधिबीच वृहत छलफल गरि उक्त कार्यको शुभारम्भ भएको छ ।

सुर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भटटराईको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरि नगरपालिकाका वडामा भएको खानेपानी उपभोक्ता समितिको विवरण गर्ने कार्य भईरहेको छ । नगरपालिका र केयुकेयलका कन्सल्टेन्ट इन्जिनियरहरुको टिमले मेलम्ची खानेपानीको टयांकी तोकिएको वडामा निरीक्षण गरि व्यवस्थापन गर्ने तयारी भइरहेको उपमेयर भटटराईले बताउनुभयो ।

सुर्यविनायक नगरपालिकाको खानेपानी व्यवस्थापन कार्यदलले मेलम्चीको पानी अल्पकालिन रुपमा पुरानो साबिक ट्यांकीमा राखी यथासिघ्र उपभोक्तालाई बितरण गर्ने र दिर्घकालिन रुपमा मेलम्ची खानेपानिबाटै सबै नयाँ ब्यवस्थापन हुने गरि तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2022
Website | + posts




ताजा
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा पहिरो खस्यो, यातायात सेवा अवरुद्ध
आइतबार सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले बढ्यो
सामाजिक सुरक्षा कोषमा हालसम्म रु ९४ अर्ब रकम जम्मा
नागढुंगा सुरुङ मार्ग सञ्चालन गर्न सेवा प्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय टेण्डर आह्वान


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने