शुक्रबार बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

शुक्रबार बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु : Icon Khabar

महेन्द्रनगर, चैत १० । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलशा सार्कीको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएको छ ।

भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट सार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

एसएसबी क्याम्प नं ८ देखि करिब डेढ किलोमिटरको जङ्गलमा घाँस लिन गएका यहाँका सात–आठ महिला सार्कीलाई बाघले आक्रमण गरेको प्रहरी निरीक्षक मल्लले बताए ।

अन्य महिला भने सकुशल रहेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेपछि शव नेपाल प्रहरीलाई बुझाइने इन्स्पेक्टर मल्लले बताए । ‘शव पोष्टमार्टमका लागि आज बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
ताजा
पेट्रोलियम पदार्थको अनावश्‍यक स्टोर नगर्न उपभोक्तालाई आग्रह
आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदै, निर्वाचन प्रचारप्रसार निषेध हुने
मतदान सम्पन्न भएको २४ घण्टामा नतिजा प्रकाशन हुन्छ: निर्वाचन आयोग
चौथौं हिसान अन्तरविद्यालय फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो