शुक्रबार बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु

शुक्रबार बाघको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु : Icon Khabar

महेन्द्रनगर, चैत १० । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० भीमबस्तीकी ३२ वर्षीया कलशा सार्कीको शुक्रबार बाघको आक्रमणबाट मृत्यु भएको छ ।

भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट सार्कीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए ।

एसएसबी क्याम्प नं ८ देखि करिब डेढ किलोमिटरको जङ्गलमा घाँस लिन गएका यहाँका सात–आठ महिला सार्कीलाई बाघले आक्रमण गरेको प्रहरी निरीक्षक मल्लले बताए ।

अन्य महिला भने सकुशल रहेको प्रहरीले जनाएको छ । भारतीय प्रहरीले आवश्यक प्रक्रिया पूरा गरेपछि शव नेपाल प्रहरीलाई बुझाइने इन्स्पेक्टर मल्लले बताए । ‘शव पोष्टमार्टमका लागि आज बेलौरी प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 March 2023
Website | + posts




ताजा
नोबेल पुरस्कार: मानव सभ्यताको उत्कृष्ट उपलब्धिको सम्मान
मुस्ताङमा यस वर्ष सात हजार ६३६ मेट्रिकटन स्याउ उत्पादन
आफ्नो तस्वीर टाइम म्यागजिनको कभरमा आएपछि रिसाए ट्रम्प
बुधबार पनि सुनको भाउ बढ्यो


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित