महान् फुटबल खेलाडी पेलेको निधन

महान् फुटबल खेलाडी पेलेको निधन : Icon Khabar

काठमाडौँ , पुष १५। महान् फुटबल खेलाडी पेलेको निधन भएको छ। उनको उपचार को क्रममा साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका हुन्।

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा खेलमा १ हजार २ सय ८१ गोल गरे। ब्राजिल सरकारले उनको तस्बिर हुलाक टिकटमा प्रकाशित गर्‍यो र जन्मस्थानमा पूर्णकदको सालिक समेत बनाइदियो।

सन् १९६० मा ब्राजिलले उनलाई राष्ट्रिय सम्पति घोषणा गर्‍यो। सन् १९७० को विश्वकपमा उनलाई स्वर्णपदकबाट सम्मान गरियो।
उनले फुटबल लाइ सुन्दर खेल मान्थे। आफ्नो दुइ दशक लामो खेल जीवन बाट उनले फ़ुटबलाइ विश्वभर राम्रो उपमा दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2022
Website | + posts