महान् फुटबल खेलाडी पेलेको निधन

महान् फुटबल खेलाडी पेलेको निधन : Icon Khabar

काठमाडौँ , पुष १५। महान् फुटबल खेलाडी पेलेको निधन भएको छ। उनको उपचार को क्रममा साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा बिहीबार ८२ वर्षको उमेरमा निधन भएको थियो।

लामो समयदेखि क्यान्सर रोगसँग लडिरहेका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको उनको एजेन्ट जो फ्रागा र उनको परिवारले पुष्टि गरेका हुन्।

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा खेलमा १ हजार २ सय ८१ गोल गरे। ब्राजिल सरकारले उनको तस्बिर हुलाक टिकटमा प्रकाशित गर्‍यो र जन्मस्थानमा पूर्णकदको सालिक समेत बनाइदियो।

सन् १९६० मा ब्राजिलले उनलाई राष्ट्रिय सम्पति घोषणा गर्‍यो। सन् १९७० को विश्वकपमा उनलाई स्वर्णपदकबाट सम्मान गरियो।
उनले फुटबल लाइ सुन्दर खेल मान्थे। आफ्नो दुइ दशक लामो खेल जीवन बाट उनले फ़ुटबलाइ विश्वभर राम्रो उपमा दिएका छन।

Published Date: 30 December 2022


ताजा
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट पाँच जनाको मृत्यु


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली