नयाँ बर्ष २०८० मा बैंकका कर्मचारीलाई कति दिन बिदा छ ?

नयाँ बर्ष २०८० मा बैंकका कर्मचारीलाई कति दिन बिदा छ ? : Icon Khabar

काठमाडौँ, चैत ९ । आगामी वर्ष बैंकका कर्मचारीलाई ४० दिन बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८० सालको लागि बिदाको सूचीमा शनिबार बाहेक ४० दिन बिदा हुने उल्लेख छ ।

बिदाको दिन पनि नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्यूनतम कर्मचारीको उपस्थितीमा खुला हुनेछ । केहि बिदा भने सरकारले घोषणा गरेको विदा अनुसार निर्धारण गरिने छ।

केन्द्रिय बैंकले बैंकिङ्ग कार्यलय समय भने बैशाख १ देखि कात्तिक १५ सम्म र माघ १६ देखि चैतसम्म् बिहान १० बजेदेखि ५ बजेसम्म हुने छ भने कात्तिक १६ देखि माघ १५ सम्म १० बजेदेखि ४ बजेसम्म हुने छ। शुक्रबार भने १० बजेदेखि साढे १ बजेसम्म हुने छ।

Published Date: 23 March 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर