बुधबार जस्तै बिहिबार पनि नेप्से परिसूचकमा गिरावट, १८.१५ अंकले घट्यो

बुधबार जस्तै बिहिबार पनि नेप्से परिसूचकमा गिरावट, १८.१५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ९ । बिहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १८.१५ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

नेप्से घटेपनि बिहिबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा २५९ स्टकको २९ हजार ६८५ पटकको कारोबारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 23 March 2023




















ताजा
नेप्से ३१ अंकले बढ्यो, कारोबार रकम साढे ८ अर्ब नाघ्यो
बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
एनपीएलमा आज दुई खेल हुँदै, जनकपुर–काठमाडौं र विराटनगर–कर्णाली भिड्दै
चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक