बुधबार जस्तै बिहिबार पनि नेप्से परिसूचकमा गिरावट, १८.१५ अंकले घट्यो

बुधबार जस्तै बिहिबार पनि नेप्से परिसूचकमा गिरावट, १८.१५ अंकले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ९ । बिहिबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १८.१५ अंक घटेर १९१५.१४ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.९० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८१ अंक घटेको छ।

नेप्से घटेपनि बिहिबार कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ३३ करोडको शेयर खरिदबिक्री भएको बजारमा २५९ स्टकको २९ हजार ६८५ पटकको कारोबारमा १ अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.०२ प्रतिशत घटेको छ। त्यस्तै वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Published Date: 23 March 2023
ताजा
नेपालमा बर्डफ्लुको जोखिम घट्दो: साउन १ देखि नयाँ संक्रमण नदेखिएको विभागको दाबी
मध्यपूर्वमा द्वन्द्व चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ उच्च: ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ९५ डलर पार
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर
देशभर मनसुनी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय