५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित : Icon Khabar

काठमाडौं, चैत ८ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दुई वर्षअघि विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरेको विरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । सुनुवाइ आजका लागि तोकिएको थियो।

सर्वोच्च अदालतले बुधबार हाजिरको सूची प्रकाशित गर्दै संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित गरेको छ ।

ओली सरकारका समयमा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट २७ महिनादेखि सर्वोच्च अदालतमा विचाराधीन छ । संवैधानिक व्यवस्थाविपरीत अध्यादेश जारी भएको, सबै सदस्यलाई जानकारी नदिई संवैधानिक परिषद्को बैठकले निर्णय गरेको र संसदीय सुनुवाइ नगरी पदाधिकारी नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र एसजेबी राणाले मुद्दाको सुनुवाइ अघि बढ्न दिएनन् । निलम्बनपछि दुई प्रधानन्यायाधीशले पनि मुद्दाको सुनुवाइलाई कम प्राथमिकता दिएका छन् । यसअघि फागुन ३ मा मुद्दाको सुनुवाइ स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित