५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित : Icon Khabar

काठमाडौं, चैत ८ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले दुई वर्षअघि विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्ति गरेको विरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित भएको छ । सुनुवाइ आजका लागि तोकिएको थियो।

सर्वोच्च अदालतले बुधबार हाजिरको सूची प्रकाशित गर्दै संवैधानिक निकायका पदाधिकारी नियुक्तिसम्बन्धी १५ वटा रिट निवेदनको सुनुवाइ स्थगित गरेको छ ।

ओली सरकारका समयमा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिट २७ महिनादेखि सर्वोच्च अदालतमा विचाराधीन छ । संवैधानिक व्यवस्थाविपरीत अध्यादेश जारी भएको, सबै सदस्यलाई जानकारी नदिई संवैधानिक परिषद्को बैठकले निर्णय गरेको र संसदीय सुनुवाइ नगरी पदाधिकारी नियुक्त गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र एसजेबी राणाले मुद्दाको सुनुवाइ अघि बढ्न दिएनन् । निलम्बनपछि दुई प्रधानन्यायाधीशले पनि मुद्दाको सुनुवाइलाई कम प्राथमिकता दिएका छन् । यसअघि फागुन ३ मा मुद्दाको सुनुवाइ स्थगित भएको थियो।

Published Date: 22 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग