एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त

एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त : Icon Khabar

काठमाडौँ, चैत ८ । एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

नियमित गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको स्थानमा एमबाप्पेलाई जिम्मेवारी प्रदान गरेको हो ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ क्याप जित्दा ३६ अन्तर्राष्ट्रिक्ष् गोल गरिसकेका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले फ्रान्सेली टिभी च्यानल टीएफ वानलाई आइतवार प्रसारण हुने अन्तर्वार्तामा एमबाप्पेले कप्तानी जिम्मेवारी पाउन योग्य रहेको बताएका छन् ।

फ्रान्सेली फुटबल महासंघ (एफएफएफले मंगलबार सामाजिक सञ्जालमा डेसच्याम्प्सले एम्बाप्पेलाई कप्तान र एथ्लेटिको मड्रिडका फरवार्ड एन्टोइन ग्रिजम्यानलाई उपकप्तानमा नियुक्त गरेको पुष्टि गरेको छ ।

एम्बाप्पे गत वर्षको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । कतारमा गत नोभेम्वर र डिसेम्वरमा भएको विश्वकपमा कुल ८ गोल गरेका थिए । उनले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न मद्दत गरेका थिए, जहाँ फ्रान्स अर्जेन्टिनासँग टाइब्रेकरमा ४–२ ले पराजित भएको थियो ।

सन् २०१८ को विश्वकपको फाइनलमा क्रोएसियाविरुद्ध दुई गोल गरेका एमबाप्पे त्यसबेला उत्कृष्ट युवा खेलाडी बनेका थिए । युरो २०२४ क्वालिफायरको समूह ‘बी’ रहेको फ्रान्सले शुक्रबार राति घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि सोमबार राति आयरल्यान्डसँग खेल्ने तालिका छन् ।

Published Date: 22 March 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग