जसपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलायो

जसपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलायो : Icon Khabar

काठमाडौं, चैत ८ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा कार्यसमितिको बैठक बोलाइएको जसपा कार्यसमिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बारा क्षेत्र नं १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

त्यसैगरी कार्यसमितिको बैठकमा मन्त्रिपरिषद् र व्यवस्थापिकाको बैठकमा पार्टीको सहभागिताका विषयमा पनि छलफल हुनेछ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र पार्टीबाट कति जनालाई सरकारमा पठाउने भन्ने विषयमा पनि पार्टीले छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 March 2023
Website | + posts


ताजा
प्रतिनिधिसभाको आज बस्ने बैठकमा निजामती विधेयक पेस हुने
आज पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नि:शुल्क बस सेवा सञ्चालनमा
सुनको मूल्य प्रतितोला पुनः १ लाख ९० हजार पार गर्यो
कान्तिलोकपथ चार दिन पूर्ण रुपमा बन्द हुने, वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाव
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
भक्तपुरमा गुन्जिए गायक दीप श्रेष्ठ, एकल सांगीतिक साँझ २०८२ भव्य रूपले सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग