जसपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलायो

जसपाले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलायो : Icon Khabar

काठमाडौं, चैत ८ । जनता समाजवादी पार्टी (जसपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनबारे छलफल गर्न पार्टी कार्यसमितिको बैठक बोलाएको छ ।

बुधबार दिउँसो १ बजे पार्टी कार्यालय बालकुमारीमा कार्यसमितिको बैठक बोलाइएको जसपा कार्यसमिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

आजको बैठकमा प्रतिनिधिसभाअन्तर्गतका तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनका लागि पार्टीको उम्मेदवारको विषयमा छलफल हुने बताइएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय भएको छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बारा क्षेत्र नं १ बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

त्यसैगरी कार्यसमितिको बैठकमा मन्त्रिपरिषद् र व्यवस्थापिकाको बैठकमा पार्टीको सहभागिताका विषयमा पनि छलफल हुनेछ । जसपाले सरकारमा सहभागी हुने निर्णय गरिसकेको भए पनि कसलाई मन्त्री बनाउने र पार्टीबाट कति जनालाई सरकारमा पठाउने भन्ने विषयमा पनि पार्टीले छलफल गर्नेछ ।

Published Date: 22 March 2023






ताजा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो
बिस्का जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भक्तपुरमा स्वीप अपरेसन चलाएर ९० जना बढी पक्राउ
दुई दिनको बिदामा अनावश्यक घुमफिर नगर्न आग्रह


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता