राष्ट्रिय सहकारी बैंकको १९ औ वार्षिक साधारण सभा शनिबार हुने

राष्ट्रिय सहकारी बैंकको १९ औ वार्षिक साधारण सभा शनिबार हुने : Icon Khabar

काठमाडौँ, पुष १५। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औ वार्षिक साधारण सभा भोलि शनिबार हुने भएको छ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक ” मूल नाराका साथ नेपाल अधिराज्य भरका सहकारी संस्थाहरुलाई वित्तिय सेवा उपलब्ध गराउदै आएको यस बैंकले सहकारी क्षेत्रको व्यावसायिकता बिकासका लागी सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा निरन्तर बहस पैरवी गर्दै आएको छ।

साधारण सभामा संचालक समितिको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन , आव २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम लगायतका धेरै विषयको कार्यक्रम हुने बैंकले जनाएको छ। गत मङ्सिर ९ गते सम्मको विवरण अनुसार यस बैंकमा नेपाल भरिबाट १५,७२६ सहकारी संस्थाहरुको सदस्यता रहेको छ।

साधारण सभा अनि निर्वाचनमा सहभागी हुन प्रत्येक प्रतिनिधिहरुले आ आफ्नो संघ / संस्था बाट प्रतिनिधि मनोनयन भएको आधिकारिक पत्र साथै फोटो सहितको आफ्नो परिचय पत्र साथमा लिएर उपस्थित हुन् बैंकले अनुरोध गरेको छ।

Published Date: 30 December 2022


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता