राष्ट्रिय सहकारी बैंकको १९ औ वार्षिक साधारण सभा शनिबार हुने

राष्ट्रिय सहकारी बैंकको १९ औ वार्षिक साधारण सभा शनिबार हुने : Icon Khabar

काठमाडौँ, पुष १५। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औ वार्षिक साधारण सभा भोलि शनिबार हुने भएको छ।

“उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक ” मूल नाराका साथ नेपाल अधिराज्य भरका सहकारी संस्थाहरुलाई वित्तिय सेवा उपलब्ध गराउदै आएको यस बैंकले सहकारी क्षेत्रको व्यावसायिकता बिकासका लागी सम्बन्धित सरोकारवालाहरुसंगको समन्वयमा निरन्तर बहस पैरवी गर्दै आएको छ।

साधारण सभामा संचालक समितिको प्रतिवेदन , लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन , आव २०७९/८० को प्रस्तावित बजेट तथा कार्यक्रम लगायतका धेरै विषयको कार्यक्रम हुने बैंकले जनाएको छ। गत मङ्सिर ९ गते सम्मको विवरण अनुसार यस बैंकमा नेपाल भरिबाट १५,७२६ सहकारी संस्थाहरुको सदस्यता रहेको छ।

साधारण सभा अनि निर्वाचनमा सहभागी हुन प्रत्येक प्रतिनिधिहरुले आ आफ्नो संघ / संस्था बाट प्रतिनिधि मनोनयन भएको आधिकारिक पत्र साथै फोटो सहितको आफ्नो परिचय पत्र साथमा लिएर उपस्थित हुन् बैंकले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 December 2022
Website | + posts