आज तमु ल्होसार

आज तमु ल्होसार : Icon Khabar

काठमाडौँ, पुष १५। तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् ।

अन्य जातले जस्तै गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ ।

तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।

‍‍च्यु-ल्हो (छुं बर्ग / मुसा बर्ग )
ल्वोँ-ल्हो ( सा बर्ग / गाइ बर्ग )
तो-ल्हो ( धु बर्ग / बाघ बर्ग )
हि-ल्हो ( भौ बर्ग / बिरालो बर्ग )
गिद्द मि-ल्हो)
सर्प वर्ग (सप्री-ल्हो)
घोडा वर्ग (त-ल्हो)
भेंडा वर्ग (ल्हु-ल्हो)
बादर वर्ग (प्र-ल्हो)
चरा वर्ग (च्हया-ल्हो)
कुकुर वर्ग (खि-ल्हो)
मृग वर्ग (फो-ल्हो)

Published Date: 30 December 2022
ताजा
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
महिला सेवाग्राहीलाई दुर्व्यहार गरेको आरोपमा याङ्गो चालक पक्राउ
सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय राकेह्को छैन: सञ्चारमन्त्री तिमिल्सिना
आइतबार सुनको मूल्यमा सामान्य गिरावट


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न