मध्य अफ्रिकाको सुन खानी स्थलमा भएको आक्रमणमा परी ९ चिनियाँ नागरिकको मृत्यु 

मध्य अफ्रिकाको सुन खानी स्थलमा भएको आक्रमणमा परी ९ चिनियाँ नागरिकको मृत्यु  : Icon Khabar

काठमाडौँ, चैत ६ । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सशस्त्र व्यक्तिहरूले चिनियाँ सञ्चालित सुन खानी स्थलमा आक्रमण गर्दा कम्तीमा नौ चिनियाँ नागरिकको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन्।

एएफपीका अनुसार बाम्बारीका मेयर अबेल माचीपाटाले भने, “हामीले नौ शव र दुईजना घाइतेको गणना गरेका छौं।”

माचीपाटाले आफ्नो सहरबाट २५ किलोमिटर (लगभग १६ माइल) टाढा रहेको गोल्ड कोस्ट ग्रुपद्वारा सञ्चालित साइटमा मारिनेहरू चिनियाँ कामदार भएको पुष्टि गरे। श्रमिकहरुको शव राजधानी बान्गुई लगिएको बताइएको छ ।

आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे सुरु भएको थियो जब बन्दुकधारीहरूले साइटका गार्डहरूलाई ओभरवेर गरे र फायरिङ गरे।

स्थानीय प्रशासनले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । चिनियाँ दूतावासले भने आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

Published Date: 20 March 2023
ताजा
रुकुम पूर्वबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतान्तरले निर्वाचित
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै
प्रतिनिधिसभा निर्वाचन २०८२: भक्तपुर–१ मा रुकेश रंजित ९,१२३ मत प्राप्त गरी अगाडि, प्रेम सुवाल पछ्याउँदै


ट्रेन्डिङ
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो
शुक्रबार सुनको भाउ घट्यो