मध्य अफ्रिकाको सुन खानी स्थलमा भएको आक्रमणमा परी ९ चिनियाँ नागरिकको मृत्यु 

मध्य अफ्रिकाको सुन खानी स्थलमा भएको आक्रमणमा परी ९ चिनियाँ नागरिकको मृत्यु  : Icon Khabar

काठमाडौँ, चैत ६ । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सशस्त्र व्यक्तिहरूले चिनियाँ सञ्चालित सुन खानी स्थलमा आक्रमण गर्दा कम्तीमा नौ चिनियाँ नागरिकको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन्।

एएफपीका अनुसार बाम्बारीका मेयर अबेल माचीपाटाले भने, “हामीले नौ शव र दुईजना घाइतेको गणना गरेका छौं।”

माचीपाटाले आफ्नो सहरबाट २५ किलोमिटर (लगभग १६ माइल) टाढा रहेको गोल्ड कोस्ट ग्रुपद्वारा सञ्चालित साइटमा मारिनेहरू चिनियाँ कामदार भएको पुष्टि गरे। श्रमिकहरुको शव राजधानी बान्गुई लगिएको बताइएको छ ।

आक्रमण स्थानीय समय अनुसार बिहान ५ बजे सुरु भएको थियो जब बन्दुकधारीहरूले साइटका गार्डहरूलाई ओभरवेर गरे र फायरिङ गरे।

स्थानीय प्रशासनले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । चिनियाँ दूतावासले भने आक्रमणबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2023
Website | + posts
ताजा
बुधबार सेयर बजार परिसूचक नेप्से ९.७० अंकले घट्यो
बाढीपहिरोका कारण एक महिनादेखि उत्तरी नाका बन्द भएपछि १७ सय कन्टेनर अलपत्र
ह्वाइट हाउसले सुरू गर्यो आधिकारिक टिकटक खाता
खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता : मन्त्री यादव


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू