नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम उपाध्यक्षमा मनोनयन

नेकपा एकीकृत समाजवादीको महासचिवमा घनश्याम भुसाल, बेदुराम उपाध्यक्षमा मनोनयन : Icon Khabar

काठमाडौं, चैत ५ । नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय आलोकनगरमा आइतबार बसेको सचिवालयको ५३ औं बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै बैठकले महासचिव डा. बेदुराम भुसाललाई उपाध्यक्षमा मनोनयन गरिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।

यस्तै बैठकले पार्टीका ४ जना केन्द्रिय उपाध्यक्षहरू घनेन्द्र वस्नेत, केदार न्यौपाने ,धर्मनाथ प्रसाद शाह र केशवलाल श्रेष्ठलाई पार्टीको केन्द्रिय सचिवालयमा सर्वसम्मत मनोनयन गरी केन्द्रिय सचिवालयको संख्या १९ पुगेको बताईएको छ ।

यस्तै बैठकले सरकारलाई विश्वासको मत दिने र पार्टी संसद्को सत्ता पक्षमा बस्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सरकारमा सहभागिताका बारेमा छलफल समेत अगाडि बढाउने निर्णय गरेको विभाग प्रमुख खतिवडाले बैठक पछि पत्रकारहरूसँग जानकारी गराउनु भयो ।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी