एक्वडोरमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको, कैयौँ शहरका भवनहरूमा क्षति

एक्वडोरमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको, कैयौँ शहरका भवनहरूमा क्षति : Icon Khabar

काठमाडौँ, चैत ५ । एक्वडोरको दक्षिण तटीय क्षेत्रमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौँ शहरका भवनहरूमा क्षति पुगेको छ।

भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो। त्यहाँ सीमावर्ती प्रान्तमा घर भत्किँदा एकजना किशोरीको निधन भएको जनाइएको छ। एक्वडोरको आधा प्रान्तहरूमा भूकम्पको प्रभाव महसुस गरिएको थियो। यूएस जिओलोजिकल सर्भेले उक्त भूकम्प ६ दशमलव ८ म्याग्निट्यूडको रहेको जनाएको छ।

दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ। आपत्कालीन सेवाले मानिसहरू अझै पनि भत्किएका घरहरूमा फसिरहेको जनाएका छन्।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी