एक्वडोरमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको, कैयौँ शहरका भवनहरूमा क्षति

एक्वडोरमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको, कैयौँ शहरका भवनहरूमा क्षति : Icon Khabar

काठमाडौँ, चैत ५ । एक्वडोरको दक्षिण तटीय क्षेत्रमा गएको एउटा भूकम्पका कारण कम्तीमा १३ जनाको ज्यान गएको छ भने कैयौँ शहरका भवनहरूमा क्षति पुगेको छ।

भूकम्पको धक्का उत्तरी पेरुमा समेत महसुस गरिएको थियो। त्यहाँ सीमावर्ती प्रान्तमा घर भत्किँदा एकजना किशोरीको निधन भएको जनाइएको छ। एक्वडोरको आधा प्रान्तहरूमा भूकम्पको प्रभाव महसुस गरिएको थियो। यूएस जिओलोजिकल सर्भेले उक्त भूकम्प ६ दशमलव ८ म्याग्निट्यूडको रहेको जनाएको छ।

दक्षिणी प्रान्त एल ओरो सबैभन्दा नराम्रोसँग प्रभावित भएको बताइएको छ। आपत्कालीन सेवाले मानिसहरू अझै पनि भत्किएका घरहरूमा फसिरहेको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2023
Website | + posts