चितवनमा रोयल बेङ्गाल बाघ मृत फेला

चितवनमा रोयल बेङ्गाल बाघ मृत फेला : Icon Khabar

चितवन, चैत ५ । चितवनको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन नजिकैको संरक्षित वन क्षेत्रमा रोयल बेङ्गाल बाघ मृत फेला परेको छ ।

शनिबार दिउँसो लोपोन्मुख रोयल बेङ्गाल बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

करिब ६ वर्षको बाघको विष सेवनबाट मृत्यु भएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । यो वर्ष चितवनको राष्ट्रिय वन क्षेत्रमा बाघको मृत्यु भएको यो पहिलो घटना हो । गत वर्ष जिल्लामा एउटा पनि बाघको मृत्यु भएको थिएन । जिल्लाको राष्ट्रिय वनमा बाघको संख्या १२ देखि १४ सम्म रहेको अनुमान छ ।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी