चितवनमा रोयल बेङ्गाल बाघ मृत फेला

चितवनमा रोयल बेङ्गाल बाघ मृत फेला : Icon Khabar

चितवन, चैत ५ । चितवनको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन नजिकैको संरक्षित वन क्षेत्रमा रोयल बेङ्गाल बाघ मृत फेला परेको छ ।

शनिबार दिउँसो लोपोन्मुख रोयल बेङ्गाल बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिए ।

करिब ६ वर्षको बाघको विष सेवनबाट मृत्यु भएको हुन सक्ने कार्यालयले अनुमान गरेको छ । यो वर्ष चितवनको राष्ट्रिय वन क्षेत्रमा बाघको मृत्यु भएको यो पहिलो घटना हो । गत वर्ष जिल्लामा एउटा पनि बाघको मृत्यु भएको थिएन । जिल्लाको राष्ट्रिय वनमा बाघको संख्या १२ देखि १४ सम्म रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)