भोलि हुने किड्स ट्यालेन्ट हन्टका बारेमा अमरज्योति मन्टेश्वरीका प्रिन्सिपल किरण गोसाईसँगको आइकन संवाद

भोलि हुने किड्स ट्यालेन्ट हन्टका बारेमा अमरज्योति मन्टेश्वरीका प्रिन्सिपल किरण गोसाईसँगको आइकन संवाद : Icon Khabar
अमरज्योति मन्टेश्वरी स्कुल कमलविनायक भक्तपुरका प्रिन्सिपल किरण गोसाई

भक्तपुर, चैत २ । अमरज्योति मन्टेश्वरी स्कुल कमलविनायक भक्तपुरको आयोजनामा भोलि शुक्रबार चैत ३ गते हुन लागेको इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्टका बारेमा सोहि स्कूलका प्रिन्सिपल किरण गोसाईसँग आइकन खबरले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ:

१ अमरज्योति मन्टेश्वरी स्कुलको आयोजनामा भोलिबाट सुरू हुने इसान प्रि स्कूल किड्स ट्यालेन्ट हन्टको बारे छोटो जानकारी दिनुस न।

हामीले इसान भक्तपुरमा आवद्ध प्रि स्कुलका विद्यार्थीहरुको प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने हेतुले प्रि स्कुल किड्स ट्यालेन्ट हन्ट आयोजना गर्न लागेका हौँ र सायद भक्तपुरको लागि यो नविनतम् कार्य पनि हो ।

२ प्रि स्कूल किड्स ट्यालेन्ट हन्ट आयोजना गर्न पछाडिका मुख्य उद्वेश्यहरु के के हुन् ?

यस कार्यक्रमको उद्वेश्य भनेको बाल बालिकामा भएको अन्तरनिहित प्रतिभालाई पहिचान र प्रस्फुटन गर्नु अनि यो संगै आत्म विश्वासको जग निर्माण गर्नु पनि हो। साथै विद्याथीमा स्पष्ट प्रस्तुती दिन सक्ने क्षमता अभिवृद्धी गर्नु, सामाजिक व्यवहार, कुशल शीपको विकास गर्नु र समूहमा काम गर्ने शीपको विकास गर्नु गराउनु पनि हो।

३ यस किड्स ट्यालेन्ट हन्टमा सहभागिता कस्तो रहने आकलन गर्नुभएको छ ?

यस कार्यक्रममा उत्साहजनक सहभागीता हुने हामीले सोचेका छौं र लगभग १५० भन्दा बढी विद्यार्थीहरु सहभागीता हुने आकलन छ।

४ साना साना बिद्यार्थीहरुको प्रतिभाको मुल्यांकन कुन आधारमा गर्दै हुनुहुन्छ ?

कार्यक्रममा मूल्यांकनका आधार भनेको विद्यार्थीको प्रस्तुती, स्टेज कभरेज, प्राविधिक क्षमता, मंच उपस्थिति तथा व्यक्तित्व , क्रियाशीलता तथा सृजनशिलता, मनोरन्जन, हाउभाउ, स्पष्टता, लचकता, भेषभुषा नै हुनेछन्।

५ आगामी दिनमा अमरज्योति मन्टेश्वरी स्कुलको योजनाहरु के के रहेका छन् ? छोटो जानकारी दिनुस।

अमरज्योति मन्टेश्वरी स्कूलको आगामी योजना भनेको २१औँ शताब्दीका व्यवहार कुशल शीपमा जोड दिई सधै झै विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा समर्पित रही प्रगतिशिल शिक्षा र विभिन्न शैक्षिक विधि अवलम्बन गर्दै अघि बढ्नु रहेको छ।

६ अन्तिममा अभिभावक, विद्यार्थी र शुभ चिन्तकज्युहरुमा तपाइको संदेश के रहेको छ ?

हामीले आदरणीय अभिभावक वर्ग अनि शुभचिन्तकमार्फत सधै झैँ माया र साथ पाउने अपेक्षा राखेका छौं। साथै आफ्ना बालाबालिकाका लागि विद्यालय छनोट गर्दा विद्यालयले अवलम्बन गरेका गतिविधिहरु, नीतिगत कार्य योजना राम्रोसँग अध्ययन,अनुसन्धान तथा विश्लेषण गरी मात्र विद्यालय छनोट गर्नुहुन हार्दिक अनुरोध गर्दछु।

धन्यवाद।

Published Date: 16 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी