मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन चैत्र ४ र ५ गते काठमाडौँमा

मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन चैत्र ४ र ५ गते  काठमाडौँमा : Icon Khabar

काठमाडौं, चैत २ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसनयहि चैत्र ४ र ५ गते सामाखुसी कपुरधारा स्थित नवोदित कलेजमा हुने भएको छ ।

अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनु पर्ने हुन्छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनुपर्ने छ । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ ।

इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, “हामी हाम्रो संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्छ । हाम्रो पहिचान नै हाम्रो भाषा, संस्कृति, र दुखमा परेकाहरूलाई मद्दत गर्नुमा छ । फाउन्डेसनको मुख्य उद्देश्य पनि नेपाली मनोरञ्जन क्षेत्रमा सांगीतिक क्रान्ति ल्याउनु हो ।”

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजातावर्मा, पुष्पनप्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । त्यस्तै‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिलाशर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकीअधिकारी, प्रियंकाकार्की, र नरमन राई रहने जनाइएको छ ।

यी दुई शोहरु नेपालकोअहिले सम्मकै सर्वाधिक धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपली रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समुह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । साथै उक्त बिधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत सहभागिताको अपेक्षा राखेको छ ।

संस्थाको बारेमा
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्थाहो जस्ले नेपाली संस्कृतिलाई विश्वभर प्रवर्द्धन गर्ने काम गर्छ । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । यसका साथै फाउन्डेसनले आफ्ना परियोजनाहरू मार्फत ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका तथा सीमान्तकृत समुदायका व्यक्तिहरूलाई पनि सहयोग गर्ने लक्ष्य राखेको काम गरिरहेको छ ।

हाल, फाउन्डेसनले विभिन्न स्थानमा रहेका कार्यालयहरू मार्फत नेपाली भाषी समुदायहरूमा खेलकुद, स्वास्थ्य, शिक्षा र राहत वितरणलाई जस्ता विविध क्षेत्रमा काम गरिरहेको छ । फाउन्डेसनले ‘मेरो भ्वाइस युएसए’ र ‘मेरो डान्स युएसए’ गरी दुई फरक रियालिटी शोहरू आयोजना गर्दै आएको छ जुन क्रमशः दुई र चार सिजन सफलता पूर्वक सञ्चालन भएका छन् । फाउन्डेसनले प्रसिद्ध शिक्षकहरूको नेतृत्वमा निःशुल्क नृत्य तथा गायन कक्षा पनि सञ्चालन गर्दै अएको छ । यी कक्षाहरुबाट करिब पाँच सय विद्यार्थी लाभान्वित भइरहेका छन् । त्यसैगरी, फाउन्डेसनले अमेरिकामा रहेका नेपालीभाषी समुदायहरुमा फुटबल, क्रिकेट, स्नेकर र भलिबल जस्ता विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ ।

फाउन्डेसनले नेपालका विभिन्न शरणार्थी शिविरमा रहेका भुटानी शरणार्थीहरूको जीवन शैलीलाई उकास्न सक्रिय रूपमा काम पनि गरिरहेको छ । यी शिविरहरुमा फाउन्डेसनले ज्येष्ठ नागरिक भत्ता, शिक्षा, खानेपानी र खेलकुद जस्ता क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

Published Date: 16 March 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता