भोलिबाट भक्तपुरमा हुने हृदयचन्द्र नाटक मेलाका संयोजक लक्ष्मी प्रसाद चवालसँगको आइकन संवाद

भोलिबाट भक्तपुरमा हुने हृदयचन्द्र नाटक मेलाका संयोजक लक्ष्मी प्रसाद चवालसँगको आइकन संवाद : Icon Khabar
हृयचन्द्र नाटक मेलाका संयोजक लक्ष्मी प्रसाद चवाल

भक्तपुर, फागुन ७ । भक्तपुरको लिवालीमा अवस्थित आस्था थिएटरमा भोलि (सोमबार) फागुन ८ गतेदेखि १२ गतेसम्म हृदयचन्द्र नाटक मेला हुँदैछ। यसै नाटक मेलाका संयोजक लक्ष्मी प्रसाद चवालसँग आइकन खबर डटकमले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ :

१.  हृदयचन्द्र नाटक मेला २०७९ को बारेमा केहि बताइदिनुस न ?

नेपाल मजदुर किसान पार्टीको ४९ औ. स्थापना दिवसको उपलक्ष्यमा प्रगतिवादि लेखक हृयचन्द्र सिंह प्रधानको एकाङ्की नाटकहरुको विद्यालय स्तरीय भेला यही फागुन ८ गते देखी १२ गतेसम्म नौवटा नाटक आस्था थिएटरमा मध्यान्ह १२ बजे एक सो तथा अपरान्ह ३ बजे अर्को नाटक गरी दिनको दुईवटा शो गर्दैछौ । यो नाटक मेला आस्था संस्कृतिक परिवार तथा नाट्यकर्मी समाज नेपालको संयूक्त आयोजनामा हुँदैछ ।

२.  नाटक मेलाको उद्वेश्य के रहेको छ ? जानकारी दिनुहोस।

यस हृयचन्द्र नाटक मेलाले नेपाली नाटक क्षेत्रमा अतुल्य योगदान गरे पनि राज्याबाट अपेक्षित रुपमा रहेका लेखकको विद्यार्थीहरुमाझ परिचय गराउने उद्देश्य लिएको छु साथै विद्यार्थीहरुलाई नाटक प्रति आकर्षित गर्नु गराउनु रहेको छ ।

३.  यस नाटक मेलामा कुन कुन विद्यालयको सहभागिता हुने भएको छ र कस्तो नाटकहरु प्रस्तुत हुनेछन् ?

यस हृयचन्द्र नाटक मेलामा पारागन एकेडेमी स्कुलबाट खैरानी मास्टर, जेन्यून मा.विबाट किर्तिपूरको युद्ध , प्रभात मा.विबाट राजनीतिक रंगमञ्च ,ख्वप मा.विबाट दुई वटा नाटक मरुभुमिका लेखक र हनी देवता हुन । त्यसैगरी पञ्चकन्या मा.विबाट श्री मैयाँको इयर्लिङ बालविकास इ. एकेडेमी स्कुलबाट खैराटी मास्टर मञ्चन हुँदैछ भने आयोजक आस्था सांस्कृतिक परिवार तथा नाट्यकर्मी सामाज नेपालबाट शरणातको स्वागत र गंगालालको चित्ता नाटक मञ्चन हुँदैछ ।

४.  हृदयचन्द्र सिंह प्रधान कै नाटक किन ?

हृयचन्द्र सिंह प्रधान नेपाली साहित्यमा प्रगतिशिलता तर्फ दोहर्याउने मार्ग प्रशस्त गर्ने व्यक्ति तथा प्रगतिशील सहित्य सुत्रपाट गरी साहित्य लेखन गरेका कारण जेल जीवन भोग्नु पर्ने साहित्यकार भएकोले उहाँको एकाङ्की नाटक पहिलो प्राथमिकता परेको हो । उहाँको साहित्य सरल र सहज जनजीवनबाट आएका विषयवस्तु उत्थान गरी पीडित वर्गलाई प्रमुख प्राथमिकता राखेको पाइन्छ।

५.  नाटक मेला कति बजेबाट सूरु हुन्छ ?

यस नाटक मेला दिनको दुई शो मध्यान्ह १२ बजे र अपरान्ह ३ बजे मञ्चन गर्दैछौँ ।

६.  नाटक मेलाको आर्थिक व्यवस्थापन कसरी गर्नुभएको छ ?

नाटक मेलाका लागि प्रमुखरुपमा विद्यार्थीहरुलाई नाटक शो बापट रु १०० र अभिभावकहरुलाई रु २०० रहेको छ भने संस्थागत रु ५०० को वन्देवस्त गरेका छौँ । सहयोगीहरुबाट विज्ञापन पनि संकलन गर्दैछौँ ।

७.  यो नाटक मेला समग्र कस्तो हुने अनुमान गर्नुभएको छ ?

यो नाटक मेला विशेष गरी हृयचन्द्र सिंह प्रधानकै मात्र नाटक मेला हुनेछ । यसरी नेपाली लेखकको नाटक मेला हुने संभवत् नेपालमै पहिलो पल्ट हुदैँछ । यसरी एक्लै लेखकको नाटक मेला भएको कतै समाचार सम्प्रेषण भएको थाहा छैन ।

८. अन्तिममा दर्शक तथा शुभचिन्तकज्यूहरुमा यहाँको संदेश के रहेको छ ?

साहित्य प्रेमि नेपाली नाटकहरुमा अभिरुची राख्ने व्यक्तिहरुलाई यो सुवर्ण अवसर तथा हृयचन्द्र सिंह प्रधानको साहित्य हेर्ने मौका पाउनु हुनेछ । शुभचिन्तक लगायत सम्पूर्ण महानुभावहरु हामी यो मेलामा स्वागत गर्न तत्पर रहन्छौँ ।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
Published Date: 19 February 2023
जुनिश लाखाजु
+ posts