आगामी फागुन ५ देखि हुने भक्तपुर कपका संयोजक सुरेश कवांसँगको आइकन संवाद

आगामी फागुन ५ देखि हुने भक्तपुर कपका संयोजक सुरेश कवांसँगको आइकन संवाद : Icon Khabar
भक्तपुर कपका संयोजक सुरेश कवां

भक्तपुर, फागुन ३ । भक्तपुरको महेश्वरी खेल मैदानमा यहि फागुन ५ गते देखि १३ गतेसम्म भक्तपुर युवा टीमको आयोजनामा भक्तपुर फुटबल कप हुँदैछ। यहि फुटबल प्रतियोगिताको बारेमा सो कपका कार्यक्रम संयोजक सुरेश कवांसँग आइकन खबर डट कमले गरेको आइकन संवाद यहाँ प्रस्तुत छ:

१. सर्वप्रथम भक्तपुर युवा टीमको छोटो परिचय आइकन संवादका पाठक वर्गलाई गराउनुहोस ।

खेलकुद क्षेत्रमा वि.सं २०५० साल खेलकुद क्षेत्रको विकास तथा खेलाडिहरुको उत्पादनका लागि निस्वार्थ रुपमा खोलिएको संस्था हो । युवाहरुको जमातमा मित्रता, अनुशासन र स्वस्थ्य भन्ने मुल नाराका साथ संस्था स्थापना भएको हो । यस संस्थाले स्थापनाकाल देखीनै खेलकुद लगायत सामाजिक तथा सांस्कृतिकका साथसाथै जनचेतनामुलक कार्य गर्दै आइरहेको छ । यस संस्थाले विगतमा रक्तदान, बक्सिङ्ग, चेस फुटबल एथ्लेटिक्स कराते आदि खेलहरुमा सहभागीता जनाउदै आएको छ।

२. आगामी फागुन ५ गते देखि भक्तपुरमा भक्तपुर फुटबल कप हुँदैछ। तयारि कस्तो हुँदैछ ?

तयारी अन्तिम चरणमा पुगिसकेको छ । प्रतियोगिता तयारीमा हामी विगत देखीनै मैदान सुधार गर्न वा मिलाउन, लाइन कोर्न, मैदानमा पानी हाल्ने कार्य भैरहेको छ भने प्रचार प्रसारका साथै आर्थिक संकलन, मञ्च व्यवस्थापन प्रतियोगिता व्यवस्थापन लगायत विभिन्न कार्यहरु छुटाछुटै समिति उपसमिति बनाएर तयारीमा लागेका छौ र तयारी लगभग अन्तिम चरणमा पुगेको हामी मान्न सक्छौ । त्यस्तै यहि फागुन ५ गते महेश्वरी खेलमैदानमा हुने खुल्ला पुरुष फुटबल प्रतियोगिता विहान ८ बजे बाट हुने तयारी छ भने प्रतियोगितको उद्घाटन सत्र विहान ८ः३० बजे प्रमुख अतिथि संघिय सांसद तथा प्रतिनिधि सभा सदस्य माननीय प्रेम सुवालले गर्ने कार्यक्रम रहेको छ।

३. यस फुटबल प्रतियोगीताको मुख्य उद्वेश्य के के रहेका छन् ?

विगत लामो समयदेखी फुटबल आयोजना कम भएको पाएका छौ । धेरै अगाडि देखिको यो दुरी लाई मेट्न हामीले गत बर्षको फागुनमा पनि आयोजना गरिसकेका थियौ र यो हाम्रो दोस्रो भक्तपुर कप हो ।
यसको मूल उद्वेश्य भनेको खेलाडीहरुलाई एउटा राम्रो अवसर प्रदान गर्ने हो जसले राम्राराम्रा खेलाडिले अवसर लिई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्र आफ्नो पहिचान दिन सकुन् । साथै प्रतियोगिताको मुख्य उद्वेश्य यही ठाउँबाट खेलाडी उत्पादन गर्ने हो जसले संसारमै गएर आफ्नो र देशलाई चिनाउन सकुन् ।

४. भक्तपुर युवा टिमले यतिबेला फुटबललाई नै जोड दिनु पछाडिको कारणहरु के के रहेका छन् ?

भक्तपुर युवा टिमले फुटबललाई नै जोड दिनु भन्दा पनि भक्तपुर युवा टिमले विगत देखिनै विभिन्न खेलकुद प्रतियोगितमा सहभागि जनाउने र विभिन्न समयमा कराते, कबडी लगायत खेलहरु आयोजना गर्दै खेलाडी तथा रेफ्रिहरुको उत्पादन गरिरहेको हो । अझ अहिले फुटबललाई नै जोड दिनुको कारण भन्नु पर्दा विगत केहि समय देखि भक्तपुरमा फुटबलको रौनकमा कमी हुँदै आएको जसले गर्दा खेलाडीहरुको उत्प्रेरणामा कमि हुने जस्ता समस्या नआवस भनेर त्यो फुटबल प्रतियोगितको ग्याप भर्न यो आयोजना गरिएको हो र यो हाम्रो दोस्रो संस्करण हो ।

Bhaktapur Cup Tie Sheet

५. फागुन ५ देखि १३ गतेसम्म हुने यस भक्तपुर फुटबल कपबाट के अपेक्षा गर्नुभएको छ ?

भक्तपुर कपबाट हाम्रो अपेक्षा भनेकै प्रतियोगीता आयोजना गर्नु नै उद्वेश्य हो । हाम्रो यस प्रतियोगिताका आयोजनाबाट राम्रा राम्रा खेलाडी उत्पादन गर्ने, खेलाडीहरुलाई अवसर मिलाई दिनु हो । प्रतियोगिताको अर्को अपेक्षा भनेको हामीले टोलबाट नगर हुदैँ नगरबाट जिल्ला हुदै प्रदेश र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि उत्पादन गर्दै खेलाडिहरुलाई अगाडि बढाउननु नै अपेक्षा हो । साथै सम्पूर्ण खेलाडि, टिम ,र शुभ चिन्तकहरुले खेलमार्फत मित्रता भाव अनुशासित तथा उत्कृष्ट प्रदर्शनबाट प्रतियोगिता सफल पार्नुहुन्छ भन्ने अपेक्षा रहेको छ ।

६. कुन कुन ठाउँका टोलीहरुको सहभागिता हुँदैछ ? अनि कतिवटा टोलीको सहभागिता हुनेछ ?

प्रतियोगितमा काठमाण्डौ उपत्यका (काठमाण्डौ, भक्तपुर, ललितपुर ) बाट १६ वटा टोलीको सहभागीता रहेको छ । जस्मा ग्रुप ए र ग्रुप बि दुई वटा समुह हुन्छ र प्रत्येक समूहबाट नकआउट बाट १-१ गरि दुईवटा टोली फाइनलमा प्रतिस्पर्धा हुनेछ ।

७. महेश्वरी खेल मैदानमा हुने यो प्रतियोगिता हेर्न सर्वसाधारणहरुले निशुल्क प्रवेश पाउनेछन या कुनै प्रवेश शुल्क हाल्नुभएको छ ?

हामीले यस फुटबल प्रतियोगिता सामाजिक कार्यको रुपमा लिएको छौ र प्रतियोगितामा खेलाडिहरुलाई दर्शकको धेरै महत्व राख्ने भएको हामीले पनि दर्शकलाई विशेष महत्वको रुपमा राखेका छौ । यो प्रतियोगिता विभिन्न संघ संस्था व्यक्तिहरुको संयूक्त सहयोगमा आयोजना भएको हुदाँ हामीले महेश्वरी खेल मैदानमा हुने उक्त प्रतियोगीतामा प्रवेश नि:शुल्क राखेका छौ ।

८. विजेता टोलीको लागि पुरस्कार राशिको व्यवस्था कस्तो छ ?

दोस्रो भक्तपुर कप फुटबल प्रतियोगितामा हामीले विजेता टोलीले रु.१२५००० नगद पुरस्कारका साथै ट्रफी तथा प्रमाण पत्र पाउनुहुने छन भने उपविजेतालाई रु ६०००० नगद पुरस्कार साथै पदक तथा प्रमाण पत्र प्रदान गर्नेछौ । त्यसैगरी सर्वोकृष्ट खेलाडीले रु १०००० नगद पुरस्कार र प्रत्येक म्याचको म्यान अफ डि म्याच र राइजिङ प्लेयर घोषणा तथा नगद पुरस्कार प्रदान गरिने छ । साथै सर्वोकृष्ट फर्वाड , मिडफिल्डर, डिफेन्डर, गोलकिपर तथा कोच प्रत्येकलाई रु ५००० र ट्रफी प्रदान गरिने छ ।

९. यस फुटबल कपको सफलताको लागि कुन कुन संघ संस्थासंग समन्वय गर्दै हुनुहुन्छ ?

फुटबल प्रतियोगिता पक्कै पनि कुनै व्यक्ति एकले आयोजना गर्न सक्ने कुरा होइन त्यसैले यसमा विभिन्न संघ संस्थाहरुले हामीलाई सहयोग तथा समन्वय गरिदिनुभएको छ । प्रतियोगिता सफल गर्न विशेष गरि फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ, भक्तपुर जिल्ला फुटबल संघ ,भक्तपुर नगरपालिका ,भक्तपुर नगरपालिका ७ वडा कार्यालय साथै विभिन्न संघ संस्था तथा व्यक्तित्वसंग आर्थिक एंव भौतिक सहयोगका लागि समन्वय गरेका छौं।

१०.  अन्तिममा दर्शक, सहभागी लगायत फुटबल प्रेमीहरुको लागि भक्तपुर युवा टीमको संदेश के रहेको छ ?

यस प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टीमले अनुशासित भएर हरेक खेल खेल्नुहोस भन्ने आग्रह गर्दै हाम्रो भक्तपुर युवा टीमको सन्देश यहि रहेको छ।

धन्यवाद।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 February 2023
जुनिश लाखाजु
+ posts