उपनिर्वाचन अघि उपराष्ट्रपति पुन निजी निवासमा सरे

उपनिर्वाचन अघि उपराष्ट्रपति पुन निजी निवासमा सरे : Icon Khabar

काठमाडौं, चैत २ । उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपतिको निवास लैनचौरस्थित हर्ती गृहबाट निजी निवासमा सरेका छन् ।आज दिउँसो १ बजे उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक स्थित निजी निवासमा सरेका हुन् ।

नयाँ उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएकाले निवासको आवश्यक मर्मत सम्भार र सरसफाइका लागि उपराष्ट्रपति पुन आज दिउसो निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन आफ्नो निजी निवासबाटै कार्यालय जानेछन् ।

Published Date: 16 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर