उपनिर्वाचन अघि उपराष्ट्रपति पुन निजी निवासमा सरे

उपनिर्वाचन अघि उपराष्ट्रपति पुन निजी निवासमा सरे : Icon Khabar

काठमाडौं, चैत २ । उपराष्ट्रपति नन्दबहादुर पुन उपराष्ट्रपतिको निवास लैनचौरस्थित हर्ती गृहबाट निजी निवासमा सरेका छन् ।आज दिउँसो १ बजे उपराष्ट्रपति निवासबाट चन्द्रागिरि नगरपालिका वडा नम्बर १ दहचोक स्थित निजी निवासमा सरेका हुन् ।

नयाँ उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुने भएकाले निवासको आवश्यक मर्मत सम्भार र सरसफाइका लागि उपराष्ट्रपति पुन आज दिउसो निजी निवासमा सरेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

निर्वाचित उपराष्ट्रपतिले पद तथा गोपनियताको सपथ ग्रहण गरी पदभार ग्रहण नगरेसम्म उपराष्ट्रपति पुन आफ्नो निजी निवासबाटै कार्यालय जानेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts