विश्व बक्सिङ च्याम्पियनशिपमा अन्जलीको विजयी सुरुआत

विश्व बक्सिङ च्याम्पियनशिपमा अन्जलीको विजयी सुरुआत : Icon Khabar

काठमाडौं, चैत्र २ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आईबीए महिला विश्व बक्सिङ च्याम्पियनशिप – २०२३ मा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।

त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० के.जीतौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियली संग र सोहीदिन नेपालकी सरस्वती राना ले सर्वियाको खेलाडी गाजिकनिकोलिना संग ७० के.जीतौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।

मार्च १८ तारिखमा नेपालकीे सुष्मा तामाङ्गले ४८ के.जी तौल समुहमा विश्वको दोश्रो वरियाताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभा संग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकी मिनु गुरुङ्गले ५४ के.जी तौल समुहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामास संग खेल्नेछन् ।

मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० के.जीतौल समुहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसो संग र ५७ के.जी तौल समुहमा नेपालकी चन्द्काला थापाले भेनेजोयलाकी अल्काला ओमिलिपन संग राउण्ड ३२ को खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts




ताजा
राष्ट्रपति पौडेल र राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता
बिहार राज्यमा विधान सभाका कारण नेपाल-भारत सीमा क्षेत्रमा कडाइ
मंगलबार नेप्से परिसूचक २७.६४ अंकले घट्यो
यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको छ: मन्त्री घिसिङ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)