विश्व बक्सिङ च्याम्पियनशिपमा अन्जलीको विजयी सुरुआत

विश्व बक्सिङ च्याम्पियनशिपमा अन्जलीको विजयी सुरुआत : Icon Khabar

काठमाडौं, चैत्र २ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबारदेखि सुरु आईबीए महिला विश्व बक्सिङ च्याम्पियनशिप – २०२३ मा नेपालकी अन्जली तेलीले विजयी सुरुआत गरेकी छन् । अन्जलीले महिला ५२ केजी तौल समुहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।

त्यसैगरि मार्च १७ तारिखमा नेपालकी संगीता सुनार ६० के.जीतौल समुहमा अस्ट्रोलियाका मुक्रकेवाज स्कानलोन डानियली संग र सोहीदिन नेपालकी सरस्वती राना ले सर्वियाको खेलाडी गाजिकनिकोलिना संग ७० के.जीतौल समुहमा प्रतिस्पर्धा गर्ने छन् ।

मार्च १८ तारिखमा नेपालकीे सुष्मा तामाङ्गले ४८ के.जी तौल समुहमा विश्वको दोश्रो वरियाताकी खेलाडी बुल्गेरियाकी असिनोभा सेम्डा युलियानोभा संग प्रतिस्पर्धा हुने भएको छ । त्यसै दिन नेपालकी मिनु गुरुङ्गले ५४ के.जी तौल समुहमा थाइलयाण्का खेलाडी जिपोङ्ग जुतामास संग खेल्नेछन् ।

मार्च १९ तारिखमा नेपालकी अस्मीता दुवालले ५० के.जीतौल समुहमा बोत्स्वानाकी खेलाडी मोडुकानेली लेथावो बोकामोसो संग र ५७ के.जी तौल समुहमा नेपालकी चन्द्काला थापाले भेनेजोयलाकी अल्काला ओमिलिपन संग राउण्ड ३२ को खेल खेल्नेछन् ।

Published Date: 16 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर