प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टिमलाई बधाइ

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट टिमलाई बधाइ : Icon Khabar

काठमाडौं, चैत २। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टिमलाई बधाइ दिएको छ।

आइसिसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु मैदानमा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्डले बधाइ दिएका हुन् ।

उनले फेसबुकमार्फत् बधाइ दिनुहुँदै उच्च कौशल प्रदर्शन गर्दै नेपाललाई विजयी गराएर देशको स्वाभिमान र गौरव राख्न सफल भएको भन्दै क्रिकेट टिमको प्रशंसा गरेको छ। प्रधानमन्त्रीले क्रिकेट टिम, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घ क्यानलाई बधाइ दिएका हुन् ।

प्रधानमन्त्रीले फेसबुकमा बधाइ दिदै लेखेका छन् , ‘‘आइसिसी क्रिकेट विश्वकप लिग(२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु। लिगका खेलहरूमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाइ।’’

बिहीबार बिहान खेल हुनुअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै पुगेर प्रधानमन्त्री प्रचण्डले खेलाडीलाई हौसला प्रदान गरेका थिए । युएईलाई डीएलएस मेथडमा ९ रनले पराजित गर्दै नेपालले एक दिवसीय विश्वकप क्रिकेट छनोटको यात्रा तय गरेको हो।

Published Date: 16 March 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर