युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोट चरणमा प्रवेश

युएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोट चरणमा प्रवेश : Icon Khabar

काठमाडौं, चैत्र २ । नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले हराउँदै सोझै विश्वकप छनोटमा पुगेको छ । योसँगै नेपालले आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा सिधैं स्थान बनाएको छ ।

जितको लागि ३ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६९ रन बनाउँदा खेल रोकिएको थियो । ब्याड लाइटको कारण खेल डकवर्थ लेविस पद्धतिको आधारमा नेपालले जितेको हो। अम्पायरले खेल रोक्दै बेल झारेका थिए । युएईका खेलाडीले भने असन्तुष्ट जनाएका थिए ।

नेपालको जितमा गुलशन झा ४८ बलमा ४ चौका र २ छक्कासहित ५० रनमा क्रिजमा रहे । दीपेन्द्र १० रनमा अविजित रहे ।गुलशनले ४२ औं ओभरमा गुलशन झाले मोहम्मद वासिमलाई तीन चौका र एक छक्का हान्दै कुल २० रन जोडेपछि खेलले नयाँ मोड लिएको थियो ।

नेपालका भीम सार्की ७६ बलमा ९ चौकासहित ६७ रनमा आउट भए । भीमको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । भीम तीव्र गतिका बलर जुनैद सिद्दिकको ३१ औं ओभरको अन्तिम बलमा भीम सार्की एलबीडब्लू आउट भए ।

पाँचौं विकेटका लागि भीम र आरिफले ८३ रनको साझेदारी गरेका थिए । कुशल मल्ल जुनैद सिद्दिकको बलमा आर्यन लाक्राबाट ५ रनमा क्याच आउट भए । चोभार एण्डतर्फ आयनको बलमा सट खेलेका कप्तान रोहित पौडेल मोहम्मद वासिमबाट १६ रनमा क्याच आउट भए । वासिमले मिडअनमा उत्कृष्ट क्याच लिएका थिए ।

कुशल भुर्तेल ३५ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा क्याच आउट भए । कुशल तीव्र गतिका बलर जुनैद सिद्दिकको १७ औं ओभरको तेस्रो बलमा एज लागेर विकेटकिपर अश्वन्त वल्थापाबाट सहज क्याच आउट भए । कुशलको यो ओडिआई करिअरको पाँचौं अर्धशतक हो । भीम सार्कीसँग कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए ।

आरिफ शेख ६२ बलमा २ चौकासहित ५२ रनमा क्याच आउट भए । आरिफ जहुर खानको ४० औं ओभरको पहिलो बलमा वृत्य अरविन्दबाट लङअनमा क्याच आउट भएका थिए । युएईका जुनैद्ध सिद्दिकले सर्वाधिक तीन विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन बनाएको थियो । ओडिआईमा नेपालविरुद्ध विपक्षी टोलीले बनाएको यो हालसम्मकै उच्च योगफल हो । यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध टियु मैदानमै ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९२ रन बनाएको थियो ।

युएईका आसिफ खानले ४२ बलमा ४ चौका र ११ छक्कासहित १ सय १ रनको विष्फोटक अविजित शतकीय इनिङ खेले । आसिफ खानले ४१ बलमा शतक पूरा गरेका थिए । वृत्य अरविन्द १ सय ३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए । वृत्य सोमपाल कामीको अन्तिम बलमा वृत्य काउकर्नरमा दीपेन्द्रसिंह ऐरीबाट क्याच भएपछि शतक बनाउन चुकेका थिए । छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए ।

४४ ओभरमा युएई २०८(५ को अवस्थामा थियो । अन्तिम ३६ बलमा १ सय २ रनको विष्फोटक साझेदारी गरे । स्पिनर सन्दीप लामिछानेले १७ औं ओभरको दोस्रो बलमा वासिमलाई ६३ रनमा एलबीडब्लू आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए । वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि कप्तान मोहम्मद वासिम र वृत्यले ७९ रनको साझेदारी गरेका थिए । २३ औं ओभरको अन्तिम बलमा सिपी रिजवान आफ्नै गल्तीको कारण ७ रनमा रन आउट भए । दीपेन्द्रको २७ औं ओभरको पहिलो बलमा ठूलो सट खेलेका आयन खान चोभार एण्डको लङअनमा गुलशन झाबाट क्याच आउट भए । दीपेन्द्रसिंह ऐरीले रोहन मुस्तफालाई २० रनमा एलबीडब्लू आउट गरे । मुस्तफाले ३२ बलमा ३ चौका प्रहार गरे ।

नेपालका स्पिनर ललितनारायण राजवंशीले १० ओभरमा २७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा २ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ८० रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ७४ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 16 March 2023
Website | + posts
ताजा
आइकन खबर डटकम अब साइकल कनेक्ट भक्तपुरको आधिकारिक मिडिया पार्टनर
प्यालेस्टाइनद्वारा प्यालेस्टिन राज्यलाई मान्यता दिन र संयुक्त राष्ट्रसङ्घमा सदस्यतालाई समर्थन गर्न आग्रह
अझै खुल्न सकेन सिन्धुपाल्चोकको भोटेकोशीमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग
भारत र चीनबिचको सम्झौता अस्वीकार्य: गगन थापा


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू